News Portal

राति अबेर खाना खाने गर्नुभएको छ भने स्वास्थ्यका लागि यी हुन् ठूला ५ खतरा !

हिमालीसंचार संवाददाता
८०४ पटक

काठमाडौँ।
सही समयमा खाना शरीरका लागि जति फाइदाजनक हुन्छ, त्यति नै हानिकारक छ– गलत समयमा खाना खानु। जस्तोः राति अबेर खाना खाँदा विभिन्न रोगको खतरा बढ्छ। एक अनुसन्धान अनुसार रातिको खाना सुत्नुभन्दा ३ घण्टा अगाडि तथा खाजा खाएको ९० मिनेट पहिले खानुपर्छ। अनि मात्रा खाना राम्रोसँग पच्न पाउँछ। खाना विशषेज्ञ डा.शिवानी चतुर्वेदीले राति अबेर खाना खाँदा हुने ठूला ५ खतराबारे बताएका छन्।

१) मोटोपना सबैभन्दा ठूलो खतरा
नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसार राति खाना खानासाथ सुत्ने गर्नाले मोटोपना हुने खतरा हुन्छ। यसले शरीरमा लामो समय अतिरिक्त क्यालोरी एकत्रित हुन्छ, जसले बोसो बढाउँछ।

२) ब्लडप्रेसर, डाइबिटिज, मुटुसम्बन्धी रोगको जोखिम
युनिभर्सिटी अफ पेन्सिलबेनियामा भएको अनुसन्धान अनुसार राति अबेर खाना खाँदा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) र मधुमेह (डाइबिटिज) हुने खतरा बढ्छ। यसले शरीमार ग्लुकोजको मात्रा बढाउँछ। रगतमा एक विशेष प्रकारको बोसो बढाउँछ, जसबाट मुटुसम्बन्धी रोगको खतरा हुन्छ।

३) स्मरण शक्तिमा असर
युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकले मुसामा गरेको अनुसन्धान गरेका थिए। त्यस क्रममा जुन मुसालाई सुत्ने समयमा खानेकुरा दिइएको थियो, तिनको स्मरण शक्ति र सिक्ने क्षमतामा प्रभाव परेको पाइयो। ती मुसामा स्मरण शक्ति निर्माण गर्ने अणुमा असर परेको पाइयो।

४) इटिङ डिसअर्डर अर्थात् खाने बानी बिग्रिन्छ
अबेर राति खाने गर्दा इटिङ डिसअर्डर हुने जोखिम बढ्छ। वास्तवमा यो थकित हुनाका कारण हुन्छ। थकित व्यक्तिले चाँडै पेट भरिने खाना खान्छ।

५) पाचन प्रणालीमा गडबडी र पोषण प्राप्त नहुने हुन्छ
रातिको समय शारीरिक गतिविधि कम हुने हुँदा मेटाबोलिजम सुस्त हुन्छ। शरीरलाई भोजन पचाउन समस्या हुन्छ। यसले गर्दा शरीरले सही पोषण पाउँदैन र विभिन्न रोगको खतरा बढ्छ।
– एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...