News Portal

  • कवि तथा गायिका अम्बिका भण्डारीले ल्याईन अर्को नयाँ तीज गीत “अपार” (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ६६९ पटक

    काठमाडौँ।
    कवि तथा गायिका अम्बिका भण्डारीको अर्को नयाँ तीज कोसेली “अपार” सार्वजनिक गरिएको छ। उक्त गीतमा कवि तथा गायिका भण्डारी र गायत्री पराजुलीको स्वर रहेको छ भने, लय तथा शब्द पनि भण्डारीकै रहेको छ। भण्डारीले यस अघि प्रवासमा चेलीलगायत थुप्रै तीज गीतहरु बजारमा ल्याइसकेकी छन।

    नमस्ते पोखरा ब्रोडकाष्टिङको उत्पादनमा तयार पारिएको सो गीतको म्युजिक भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वाइक्षा सुवेदी र इन्दिरा शर्माले नृत्य प्रस्तुत गरेका छन् भने, प्रमिला तुलाचन, बुद्धिसागर खनाल, बिनित जोजिजु, शिव त्रिपाठी , केशव भण्डारी, गोमा सोती, शुभद्रा कोईराला, लोकराज भण्डारी र लक्ष्मी कार्कीको अभिनय देख्न सकिन्छ।

    नमस्ते पोखरा ब्रोडकाष्टिङकै अफिसियल यूटूब च्यानल मार्फत सार्बजनिक गरिएको यो तीज गीतको म्यूजिक भिडियो शिव राजा भुर्तेलको निर्देशन तथा सम्पादन र सुरेश भुर्तेलले छायाँकन गरेका हुन्।

    “अपार” तीज गीतको म्युजिक भिडियो हेर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...