News Portal

गायिका टीका प्रसाईको “दाइजो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौं – स्वरमा मधुरता, कोमलताले भरिएकी गायिका टीका प्रसाईले नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाएर आफ्नो फरक पहिचान बनाएकी गायिका प्रसाईको म्युजिक भिडियो “दाइजो” सार्वजनिक गरेकी छिन्।

सामाजका विकृती, विसंगति विरुद्ध आवाज उठाउने सन्देश सन्देशमुलक गीत गाउन अब्बल गायिकाको रूपमा चिनिएकी गायिका प्रसाईले पछिल्लो समय कोसेली स्वरूप “दाइजो” म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतले दाइजोका कारण सामाजिक कुरीति अझै पनि नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको छ र केहीको त ज्यानै समेत गएको अझै पनि देख्न सकिन्छ । यस्तो कुरीतिविरुद्ध आवाज बुलन्द गरी समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सवल र सक्षम बनाउनुपर्छ भन्ने सन्देश बोकेको सुमधुर गीत गायिका प्रसाईले साउन २८ गते लोकार्पण गरेकी हुन् ।आनन्दरत्न बज्राचार्यको शव्दलाई अग्रज संगीतकार राजु सिंहले संगीत भरेका छन् । 

यो गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ/मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन् भने जस्केलो क्रिएसनले म्युजिक भिडियो तयार पारेको हो । समाजमा सकारात्मक सन्देश फैलाउन सफल यो गीतलाई हेरेर प्रतिक्रिया दिनुहुन गायिका प्रसाईले आफ्ना दर्शक/श्रोता तथा शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...