News Portal

माधव नेपालको भेलालाई वामदेवको ‘वैधानिकता’

हिमाली संचार संवाददाता
६४१ पटक

काठमाडौं – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए ।

भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए । तर, नेता गौतमले चाहिँ दुई/चार शब्द बोलेरै माधव नेपाललाई साथ दिए ।

नेता नेपालको अगुवाइमा भएको भेलालाई ‘चियापान कार्यक्रम’ को नाम दिइएको छे। एक सहभागी नेताका अनुसार भेलामा कसैको पनि लामो भाषण-भुषण भएन, माधव नेपाल र वामदेव गौतमले आफ्ना कुराहरु राखेपछि चियापान र अनौपचारिक गफगाफ भयो ।

भाषण गर्ने कार्यक्रम नभएकाले नेताहरु सहभागी हुने र्फकने क्रम लामै समय चलेको सहभागीले बताए । सबै नेताहरु एकसाथ उपस्थित हुने भन्दा पनि कार्यक्रममा सहभागी भएर र्फकने र आउने नेताहरुको क्रम अघिपछिसम्म चलेको थियो ।

माधव नेपालको असहमति दर्ज

भेलामा पूर्वप्रधानमन्त्री मााधवकुमार नेपालले सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताए ।

आफू विदेश जानेबेलामा पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गरेको र स्वदेश नफर्किकन प्रदेश कमिटी गठन नगर्ने वचन दिएको नेता नेपालले स्थायी कमिटीका नेताहरुलाई बताए ।

माधव नेपाललाई उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भने- ‘अध्यक्षले तपाई स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो, तर म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्न नभएकाले आजै औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’

वरिष्ठ नेता नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी नेतृत्वसँग मागसमेत गरेका छन् । ‘मैले स्थायी कमिटीको बैठक बोलाउन माग गरेको छु, यहाँ धेरै कुराहरु नभनौं’ भन्दै नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई चियापानमा सहभागी हुन आग्रह गरे ।

माधव नेपाल र नारायणकाजी श्रेष्ठ विदेवमा भएका बेला गत साता नेकपा सचिवालयको बैठक बसेको थियो । सो बैठकले सातवटै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु मनोनयन गरेको थियो ।

नेता नेपालले प्रदेश कमिटी बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट हुनुपर्ने भन्दै सचिवालयको निर्णय आफूलाई मान्य नहुने बताएका छन् ।

वामदेवले भने- ओली र प्रचण्ड नहुँदा माधवजी नै नेता !

माधव नेपालले बोलाएको भेलामा सहभागी बनेका नेता वामदेव गौतमले केपी ओली र प्रचण्डको अनुपस्थितिमा माधव नेपाल नै सबैभन्दा शीर्ष रहेको बताए ।

‘अरुले बोलाएको भए म यहाँ आउने थिइनँ, माधवजीले बोलाएको हुनाले म आएको हुँ,’ भेलामा नेता गौतमले माधव नेपाललाई भने,’ दुबै अध्यक्ष कामरेडहरु नभएका बेला केही पर्‍यो भने नेतृत्व गर्ने तपाई नै हो, तपाईले बोलाएको हुनाले म आएँ, बोलाएर राम्रै गर्नुभयो ।’

माधव नेपालले बोलाएको भेलालाई ठीक भयो भन्दै समर्थन गरेका गौतमले प्रदेशका इञ्चार्ज र अध्यक्षहरु तोक्ने सचिवालयको बैठकको भने बचाऊ गरेको स्रोतले बतायो ।

आफूसमेत सहभागी भएर गरिएको सचिवालयको निर्णयको हल्का बचाऊ गर्दै नेता गौतमले भने,’ त्यो सचिवालयबाट निर्णय नै नहुनु भन्दा निर्णय भएको राम्रै हो ।’ अनलाइनखबर

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...