News Portal

गीतकार डा. सुमाया राईको “माया हजुर-२” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१४३० पटक

काठमाडौं – गीतकार डा. सुमाया राईको शब्द रचनामा रहेको “माया हजुर-२” म्युजिक भिडियो हिजो साझ लिम्दुमी क्रियशनको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

चर्चित मेधास्टार गायक राजेश पायल राई र चर्चित गायिका सुनिता थेगेमको युगल आवाजमा रहेको म्युजिक भिडियो गीतको संगीत चर्चित संगीतकार डिआर अटुले गरेका छन् भने ऐरेन्ज साथै मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका गीत अनाम नगर स्थित किङ स्युडियो काठमाडौंमा रेकर्डिस्ट सुरेश राईले रेकर्डिङ गरेका हुन् । 

सार्वजनिक म्युजिक भिडियोको छायांकन, सम्पादन सम्पूर्ण प्राविधिक पक्षको मिश्रण र निर्देशक इशाक जवेगुले गरेका म्युजिक भिडियो लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतकार डा. सुमाया राईले बताईन्। 

डा. राईले विभिन्न सामाजिक विषयमा कलम चलाउदै आएकी छिन्। किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेकी डा. राईले पछिल्लो समय गीतको माध्यमद्वारा दर्शक श्रोता माझ कोसेली स्वरुप “माया हजुर-२” बजारमा ल्याएकी हुन्। 

गीतकार डा. राईले विशेषत किरात समुदाय भित्रका मौलिक टिपिकल शब्द चयन गरेका गीतमा गायक राजेश पायल राई र गायिका सुनिता थेगेमले आफ्नो मौलिक परम्परागत भेषभूषामा राम्रो अभिनय निर्वाह गरेका छन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...