News Portal

गीतकार मणीराज बस्नेतको “गुलेली मट्याङ्ग्रा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाडौं – फर्पिङ स्थायी बसोबास गीतकार मणीराज बस्नेत विगत १८ बर्षदेखि अमेरिकाको कोलोराडो राज्य स्थित बसोबास गर्दै आईरहेका छन । चार दर्जन गीत रेकर्ड गराई सकेका गीतकार बस्नेतले प्रदेशबाटै निरन्तर साहित्य सिर्जना गरी रहेका छन । पछिल्लो समय गीतकार बस्नेतले नयाँ गीत “गुलेली मट्याङ्ग्रा” बजारमा ल्याएका छन्।

गीतकार मणीराज बस्नेतको शब्द रचना, रामकुमार नेपालीको संगीत साथै आवाजमा चर्चित गायिका अन्जु पन्तको युगल आवाज रहेको छ। सार्वजनिक गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । गुलेली मट्याङ्ग्रा ठेट नेपाली लोकगीत गाउले परिवेश भित्रको विम्व चित्रण गरिएको छ। 

सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन भने अभिनय पुष्प खडका र रियासा दाहालको रहेको छ।बुद्ध थापाको भिडियोको छायांकनमा कोरियोग्राफर सुबोल थापाको र भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् । गीतको भिडियो निर्माण मेनुका बस्नेतले गरेका गीतको भिडियो गीतकार मनि इन्टरटेट्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्। 

म्युजिक भिडियो

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...