News Portal

  • नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    काठमाण्डौ – अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गर्दै भनेका छन् ‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरोबारेमा नाटक गरेका छन्,’ उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।

    यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी पाएका थिए । 

    अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो। जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाएको थियो। 

    विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

    प्रो-लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसनबीच  सम्झौता भएको थियो। 

    यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए। यस्तै, उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ। त्यसअघि अब्दुल्लाह एन्फाको प्रशिक्षण विभागमा रहेर काम काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...