News Portal

कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु

हिमालीसंचार संवाददाता
५६४ पटक

कुवेत -कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटाकी सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ ।

गत जुलाई १९ सोमबारका दिन अमिरको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो भने सुमित्राले २० तारिकमा साल्मिया एरियामा आत्महत्या गरेकि हुन । सिराहाका राजिउल्लाह मोहम्मदको मृत्यु भएको पुष्टि भएको छ। गत आइतबार हर्डीज पिज्जा बाइक ड्राइभरको रुपमा काम गर्दै आएका राजिउल्ला मोहमदको सवारी दुर्घट्ना मृत्‍यु भएको हो ।

लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत आएका तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए तर उनी घर नफर्की कम्पनीबाट भागि अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएका थिए ।

भने सुमित्रा तामाङ (१०६६७३०१)अन्यबाटो हुँदै कुवेत आएको हुदा पुर्ण विवरण प्राप्त हुन सकेको छैन । नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको हुदा परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...