News Portal

  • निर्दयी श्रीमान: श्रीमती मारेपछि पानी खुवाए, पराल ओढेर लुके !

    ६२६ पटक

    सन्देश श्रेष्ठ
    पोखरा – पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।

    श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा अन्य सदस्य नरहेको बताइएको छ ।

    गुरुङलाई प्रहरीले बिहीबार विहान गगनगौंडाबाट पक्राउ गरेको छ । गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् । त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको थियो । ढुंगाले हानेपछि मर्‍यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ । विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुकेको उनले बताए ।

    ऐनबहादुर घर बनाउने मिस्त्रीको काम गर्दछन् । श्रीमतीको हत्या गरेर गुरुङ फरार भएको सूचना पाएलगत्तै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङसहित विशेषज्ञ र कुकुरसहितको टोली खोजीमा खटिएको थियो । हत्या गरेर फरार रहेको खबर आएको दुई घण्टा भित्रै आफूहरुले गुरुङलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गुरुङले बताए ।

    गुरुङलाई डिलमुनी लुकिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले पक्राउ गरेका थिए । शंका लागेर खोज्दै जाँदा डिलमुनी पराल ओढेर बसिरहेको अवस्थामा देखेपछि आफूले पक्राउ गरेको सुवेदीले बताए ।

    कास्की प्रहरीलाई यो लगातार दोस्रो सफलता हो । यसअघि पोखरा २२ पुम्दीभुम्दीको कोदीमा श्रेया सुनारको हत्यामा संलग्न कुसुम पौडेललाई समेत प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...