News Portal

कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा सुझाव संकलन शुरु

हिमाली संचार संवाददाता
५९८ पटक

विराटनगर – नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ ।

प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो । सुझाव संकलनका लागि कांग्रेसका महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्का विराटनगर आएका छन् ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले प्रदेश १ अन्तर्गत १४ जिल्लामध्ये १० जिल्लाका कांग्रेस जिल्ला सभापति, क्षेत्रिय सभापति, प्रदेश सांसद, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु छलफलमा सहभागी भएको जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो छलफल तथा सुझाव संकलन गर्ने कार्यक्रममा सहभागी नेता कार्यकर्ताबाट आएको सुझाव मस्यौदा समितिले संकलन गर्ने छ ।

कार्यक्रममा समुह बनाएर विधानमाथि आवश्यक संसोधनका बारेमा छलफल र सुझाव लिन शुरु गरिएको जिल्ला सभापति लिम्बुले बताए ।

सुझाव संकलनका लागि विराटनगर आईपुगेका महामन्त्री खड्काले विधान संशोधनपछि नेपाली कांग्रेस नयाँ गतिका साथ अघि बढ्ने बताए । महामन्त्री खडकाले संघीय संरचना अनुसार पार्टिलाई अघि बढाउन विधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेस पार्टीप्रति जनताको विश्वास रहेकाले आम कार्याकर्ताको जनताको चाहना अनुसार विधान संशोधनको तयारीमा कांग्रेस रहेको जानकारी दिए ।

कांग्रेसलाई एक नम्बरको पार्टीको रुपमा स्थापित गर्ने गरी संशोधनका लागि सुझाव दिन सहभागीलाई उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...