News Portal

  • इटलीले जित्यो युरोकप सन २०२० सालको उपाधि!

    हिमालीसंचार संवाददाता
    ४४६ पटक

    इटाली यूरो कप फुटबल सन् २०२० सालको च्याम्पियन भएको छ।फाइनलमा इंल्याण्डलाई घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो।

    आइतबार राति भएको फाइनलमा इंल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो। पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंल्याण्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन।

    दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो। निर्धारित ९० मिनेटको खेल पनी १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

    पेनाल्टी सुट आउटमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।

    इंल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए। यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो।

    यसअघि सन् १९७६ सालमा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो।

    इंल्याण्डको वेम्ब्ली खेलमैदानमा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० अन्तरले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुसीले बराबरी गोल फर्काएका थिए । बोनुसीद्ये ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय- मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए । सन् १९६८ मा युरो जितेको इटाली सन् २००० र सन् २०१२ सालमा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ सालमा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले सन् २००६ सालको विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

    पहिलो पटक फाइनलमा पुगेको इङल्यान्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि सन् २००४ सालमा पोर्चुगल र सन् २०१६ सालमा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...