News Portal

मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
९२४ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।

मुख्यमन्त्री राईले सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै महँगो मूल्यको गाडी खरिद गरेको भन्दै प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले सवारी साधन खरिद गर्दा गाडी मोह भने देखाउन नहुने बताए । तर उनले नै प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै ३ करोड १९ लाख ७३ हजार रुपैयाँको टोयोटा  ‘प्राडो’ खरिद गरेका छन् ।

प्रदेश सरकारले तयार पारेको कार्यविधिले मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोड मूल्य बराबरको सवारी साधन खरिद गर्ने मापदण्ड तोकेको थियो । यसबाहेक मुख्यमन्त्री शेरधन राईले आफू चढ्नका लागि निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका छन् । 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...