काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४८ जना सहित देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६७७ आरटी पीसीआर तथा ४ हजार २४९ एन्टीजेन परिक्षण सहित १० हजार ९५६ जनाको परिक्षण गर्दा २ हजार ४४२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४७ हजार ६५१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४५६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ७२६ रहेको