News Portal

नर्वे सेनामा पहिलो पटक भर्ती भए ८ नेपाली युवाहरु

हिमालीसंचार संवाददाता
१४८३ पटक

एजेन्सी।
नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन्।

भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन्। सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन्। तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन। भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगायतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ।

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन्। उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन्। नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन्।

‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ। नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागिसमेत गर्वको विषय हो।’

ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन्। कतिपय नेपालीहरु केही समयका लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन्।

विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन्। नर्वे विश्वकै विकसित देशमध्ये एक हो। मानव विकास सूचकांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ।

नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूहसमेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन्। यो सबैका लागि गर्वको विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...