News Portal

गौतम सागर राईको ‘परदेशीको याद’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६६७ पटक

काठमाण्डौ – युवा गायक, गीतकार तथा संगीतकार गौतम सागर राईले ‘परदेशीको याद’बोलको म्युजिक भिडियो आफ्नै युटुव च्यानल गौतम सागर राई मार्फत सार्वजनिक गरेका छन्।

गीतकार राई अमेरिकाको कोलोराडो स्थित परदेशमा रहेर पनी नेपाली गीत, संगीत, साहित्य र पत्रकारितामा सक्रिय रहेका छन् । गीतकार राईले करिब ३ दर्जन गीतमा संगीत र आवाज दिएको युवा गायक हुन् । गीतकार राईले कोरोना महामारीले अप्ठायारो परिस्थितिमा समेत ‘परदेशीको याद’ सार्वजनिक गरेका छन् ।

गीतकार राईको शब्द संगीत रहेको गीतमा गायिका सुरक्षा सेन्चुरीले आवाज दिएकी छिन् । गायिका सेन्चुरी भ्वइस अफ नेपालको ब्याटल राउण्डबाट बाहिरिएकी राम्रो संभावना बोकेकी गायिका हुन् । उनी भारतको दार्जिलिङ निवासी हुन्। 

सार्वजनिक म्युजिक भिडियो मनोज साङ्सोन राईले एरेन्ज गरेका छन भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । काठमाण्डौ स्थित किङ स्टुडियोमा रेकर्डिङ गरिएको म्युजिक भिडियो अनुभवी रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन् ।

सार्वजनिक गीतमा परदेशीको यादहरुमा तड्पिएर घरदेशीमा रहेकी प्रेमिकाको विलौनाका कथा रहेको नेपाली समाजका बास्तविकता भेटिन्छ। गीतकार राई एउटा राम्रो कवि समेत हुन। उनका मिठा कविता, गजल र मुक्तकहरु आफ्ना युटुव च्यानलमा समेत सुन्न सकिन्छ। सार्वजनिक गीतको लिप्सिङ छायांकन र सम्पादन जस्केलो क्रियसनको रहेको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...