News Portal

गौतम सागर राईको ‘परदेशीको याद’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६१९ पटक

काठमाण्डौ – युवा गायक, गीतकार तथा संगीतकार गौतम सागर राईले ‘परदेशीको याद’बोलको म्युजिक भिडियो आफ्नै युटुव च्यानल गौतम सागर राई मार्फत सार्वजनिक गरेका छन्।

गीतकार राई अमेरिकाको कोलोराडो स्थित परदेशमा रहेर पनी नेपाली गीत, संगीत, साहित्य र पत्रकारितामा सक्रिय रहेका छन् । गीतकार राईले करिब ३ दर्जन गीतमा संगीत र आवाज दिएको युवा गायक हुन् । गीतकार राईले कोरोना महामारीले अप्ठायारो परिस्थितिमा समेत ‘परदेशीको याद’ सार्वजनिक गरेका छन् ।

गीतकार राईको शब्द संगीत रहेको गीतमा गायिका सुरक्षा सेन्चुरीले आवाज दिएकी छिन् । गायिका सेन्चुरी भ्वइस अफ नेपालको ब्याटल राउण्डबाट बाहिरिएकी राम्रो संभावना बोकेकी गायिका हुन् । उनी भारतको दार्जिलिङ निवासी हुन्। 

सार्वजनिक म्युजिक भिडियो मनोज साङ्सोन राईले एरेन्ज गरेका छन भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । काठमाण्डौ स्थित किङ स्टुडियोमा रेकर्डिङ गरिएको म्युजिक भिडियो अनुभवी रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन् ।

सार्वजनिक गीतमा परदेशीको यादहरुमा तड्पिएर घरदेशीमा रहेकी प्रेमिकाको विलौनाका कथा रहेको नेपाली समाजका बास्तविकता भेटिन्छ। गीतकार राई एउटा राम्रो कवि समेत हुन। उनका मिठा कविता, गजल र मुक्तकहरु आफ्ना युटुव च्यानलमा समेत सुन्न सकिन्छ। सार्वजनिक गीतको लिप्सिङ छायांकन र सम्पादन जस्केलो क्रियसनको रहेको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...