News Portal

  • आत्मघाती गोलका कारण फ्रान्सले जर्मनीलाई हरायो

    हिमालीसंचार संवाददाता
    ४६३ पटक

    गत रात युरो खेल अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

    जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो। खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो।

    जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन्। उनले सिक्स यार्डबाट हानेको प्रहार आकासिदै बाहिर गएको थियो । दोस्रो हाफमा फ्रान्सका रबिओटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। 

    ६६ मिनेटमा एमबाप्पेले बललाई जाली चुमाए पनि रेफ्री अफ साइड घोषित गरेको थियो । त्यस्तै, ८६ मिनेटमा करिम बेन्जिमाले पनि बललाई गोलपोस्टको दिशा दिएका थिए । एमबाप्पेको पासमा उनले उत्कृष्ट फिनिसिङ गरे पनि आफसाइड भएको थियो।

    जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्‍यो। पोर्चुगलको जितमा दुई गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...