कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

रबिन्द्र बराल/मोरङ-मोरङको कानेपोखरी गाउँपालिकालाई हेफर इन्टरनेशनल अभियान नेपाल मार्फत १२ लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।
आयोजित एक कार्यक्रमवीच नगरपालिकाको मेयर प्रमुख तारा बहादुर काफ्लेलाई कोराना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टर तथा कानेपोखरी अस्पतालको लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हुन्।
उक्त संस्थाले अक्सिजन कन्सनट्रेसन मेसिन २ थान, पोर्टेबल एक्स–रे मेसिन १ थान, लुज ग्लोब ९७ बक्स, सर्जिकल ग्लोब ३० बक्स, पिपिइ ५५ सेट र फोल्डिङ विरामी सुत्ने वेड सिरानी, वेड कभर सहित ७ सेट स्वास्थ्य सामाग्री सहयोग प्रदानगरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।
आयोजित उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ स्वास्थकर्मी तथा अभियान कर्मीहरु लगाएतका उपस्थित रहेको थियो ।










