News Portal

  • रंगेलीमा चिनिया अनुदानमा प्राप्त “भेरो सेल” खोप लगाउन शुरु

    हिमालीसंचार संवाददाता
    ४८५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’  रंगेली नगरपालिका भित्र आजदेखि लगाउन सुरु गरिएको छ ।

    संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्तर्गत  रंगेली कोभिड अस्पताल, आमगाछी स्वास्थ्य चौकी, रंजनी स्वास्थ्य चौकी  र बबिया स्वास्थ्य चौकीमा ६२ बर्षदेखि ६४ बर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई ‘भेरो सेल’ खोप लगाउन शुरु गरिएको हो ।  

    प्रदेश सरकार प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मोरङले रंगेली नगरपालिकालाई ८ सय ८० डोज भ्याक्सिन उपलब्ध गराएको छ । रंगेलीमा ६२ बर्षदेखि ६४ बर्षसम्मका बृद्धहरु रहेको हुनाले सोही अनुरुप उक्त भ्याक्सिन पठाएको  र पहिलो दिन २ सय ६८ जना बृद्धहरुले खोप  लगाएका छन् । 

    फाल्गुन महिनामा खोप लगाउन सर्वसाधारणहरुलाई आह्वान गर्दा  उनले खोप नलगाउने र बोलाउदा समेत नआउने गरेता पनि अहिले भने खोप लगाउनका लागि सरकारले तोकेको स्वास्थ्या केन्द्रमा ६२ बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिहरुलाई मात्रै खोप लगाउने भनिएता  अहिले ३० बर्षका युवादेखि बृद्घ-बृद्घाहरु समेत खोप लगाउन स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् । गत जेष्ठ २५ र २६ गते खोप लागाउने समय तोकिएको दुई दिन भित्र ८ सय ८० डोज नस्किए पुनः समय थप गरेर खोप लगाउने स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले हिमालीसंचारसंग बताए । 

    यता विराटनगरमा पनी ५ हजार ८ सय ४६ डोज खोप लगाईने भएको छ । यस पटकको खोपमा नागरिकको उत्साह धेरै देखिएको छ । लक्षित उमेर समूहका नागरिक बिहानैदेखि खोप केन्द्रमा पुगेका थिए। विराटनगर महानगरपालिकाको मेयर भीम पराजुलीका अनुसार अघिल्लो पटक कोभिसिल्ड खोप लगाउन नागरिकलाई फकाउनु परेको थियो । तर यस पटक नागरिकले आफैं खोप खोज्दै आएका छन् । 

    विभिन्न किसिमको भ्रम र खोपको प्रतिफल नबुझ्दा सरकारले दिएको सुविधाको खोप लगाउन यस अगाडी तोकिएको क्षेत्रमा आवद्ध नागरिकहरु जाँदैनन् थिए । तर, यस पटक संक्रमणबाट जोगाउँछ भन्ने प्रमाणित भएपछि नागरिकले आफ्नो अधिकारको रुपमा बुझेर केन्द्रसम्म पुगेर  खोप लगाउन थालेको पराजुलीले बताए ।   

    अहिले सरकारले ६२ बर्ष देखि ६४ वर्ष उमेर समुहका तथा अग्रपतीमा खटिएका यस अघि छुटेका स्वास्थ्यकर्मी, लचिकित्सा शिक्षक ईन्टर्न, विद्यार्थी वा ओजेटि गरिरहेका नर्स तथा पारामेडिक्स प्रत्यक्ष रुपमा विरामीको जाच, उपचारमा र हेरचाहमा संलग्न  रहेका ब्यक्तिहरुलाई   मात्र खोप लगाउन सुरु गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...