News Portal

रंगेलीमा चिनिया अनुदानमा प्राप्त “भेरो सेल” खोप लगाउन शुरु

हिमालीसंचार संवाददाता
५५७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’  रंगेली नगरपालिका भित्र आजदेखि लगाउन सुरु गरिएको छ ।

संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्तर्गत  रंगेली कोभिड अस्पताल, आमगाछी स्वास्थ्य चौकी, रंजनी स्वास्थ्य चौकी  र बबिया स्वास्थ्य चौकीमा ६२ बर्षदेखि ६४ बर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई ‘भेरो सेल’ खोप लगाउन शुरु गरिएको हो ।  

प्रदेश सरकार प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मोरङले रंगेली नगरपालिकालाई ८ सय ८० डोज भ्याक्सिन उपलब्ध गराएको छ । रंगेलीमा ६२ बर्षदेखि ६४ बर्षसम्मका बृद्धहरु रहेको हुनाले सोही अनुरुप उक्त भ्याक्सिन पठाएको  र पहिलो दिन २ सय ६८ जना बृद्धहरुले खोप  लगाएका छन् । 

फाल्गुन महिनामा खोप लगाउन सर्वसाधारणहरुलाई आह्वान गर्दा  उनले खोप नलगाउने र बोलाउदा समेत नआउने गरेता पनि अहिले भने खोप लगाउनका लागि सरकारले तोकेको स्वास्थ्या केन्द्रमा ६२ बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिहरुलाई मात्रै खोप लगाउने भनिएता  अहिले ३० बर्षका युवादेखि बृद्घ-बृद्घाहरु समेत खोप लगाउन स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् । गत जेष्ठ २५ र २६ गते खोप लागाउने समय तोकिएको दुई दिन भित्र ८ सय ८० डोज नस्किए पुनः समय थप गरेर खोप लगाउने स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले हिमालीसंचारसंग बताए । 

यता विराटनगरमा पनी ५ हजार ८ सय ४६ डोज खोप लगाईने भएको छ । यस पटकको खोपमा नागरिकको उत्साह धेरै देखिएको छ । लक्षित उमेर समूहका नागरिक बिहानैदेखि खोप केन्द्रमा पुगेका थिए। विराटनगर महानगरपालिकाको मेयर भीम पराजुलीका अनुसार अघिल्लो पटक कोभिसिल्ड खोप लगाउन नागरिकलाई फकाउनु परेको थियो । तर यस पटक नागरिकले आफैं खोप खोज्दै आएका छन् । 

विभिन्न किसिमको भ्रम र खोपको प्रतिफल नबुझ्दा सरकारले दिएको सुविधाको खोप लगाउन यस अगाडी तोकिएको क्षेत्रमा आवद्ध नागरिकहरु जाँदैनन् थिए । तर, यस पटक संक्रमणबाट जोगाउँछ भन्ने प्रमाणित भएपछि नागरिकले आफ्नो अधिकारको रुपमा बुझेर केन्द्रसम्म पुगेर  खोप लगाउन थालेको पराजुलीले बताए ।   

अहिले सरकारले ६२ बर्ष देखि ६४ वर्ष उमेर समुहका तथा अग्रपतीमा खटिएका यस अघि छुटेका स्वास्थ्यकर्मी, लचिकित्सा शिक्षक ईन्टर्न, विद्यार्थी वा ओजेटि गरिरहेका नर्स तथा पारामेडिक्स प्रत्यक्ष रुपमा विरामीको जाच, उपचारमा र हेरचाहमा संलग्न  रहेका ब्यक्तिहरुलाई   मात्र खोप लगाउन सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...