News Portal

पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ !

हिमालीसंचार संवाददाता
१७९२ पटक

काठमाडौँ – गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यो समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।

शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा, क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ। उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।

मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ। थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

घरेलु उपचार !

पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने। केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ। मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।

शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन ‘बी’ प्राप्त गर्न सक्छन्। लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ। बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...