News Portal

  • प्रधानमन्त्रीलाई गगनको प्रश्न : बुढीगण्डकी गेजुवालाई दिन किन मरिहत्ते ?

    हिमाली संचार संवाददाता
    ५७१ पटक

    काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गरेका छन् ।

    बुधबारको संसदमा बैठकको विशेष समयमा उनले प्रतिस्पर्धा गराएर योग्य कम्पनी छनोट गर्नुपर्नेमा किन गेजुवालाई नै दिन मरिहत्ते गरेको भनी प्रश्न गरेका हुन् ।

    ‘प्रश्न यहाँ चिनियाँ सरकारको लगानी होइन प्रश्न चिनियाँ कम्पनीको होइन, कसैले झुक्याउने प्रयास नगरोस्, ऋण चीनसँगै लिए हुँन, आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ प्रतिस्पर्धामा छनोट हुन्छ भने’ उनले भने ‘प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो ? प्रश्न, आफै ऋण लिन सक्ने हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेर ऋण तिमी नै ल्याइदेऊ भनेर त्यो मोडालिटीमा सम्झौता किन गरेको भन्ने हो । त्यो भन्दा पनि ठूलो प्रश्न यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन भन्ने हो ।’

    बुढीगण्डकी आयोजना गेजुवालाई दिन केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निर्देशन दिएको र प्रचण्ड सरकारले सम्झौता नै गरेको थापाले बताए ।

    बुढीगण्डकी आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए तामाकोशी आयोजना जत्तिकै क्षमताको आयोजना बन्ने रकम बच्ने पनि सांसद थापाले बताए ।

    ‘खुला अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए हाम्रै अनुभवको आधारमा पनि १८ प्रतिशतसम्म लागत घट्थ्यो । अर्थात् एउटा तामाकोशी बनाउने पैसा बचत हुन्थ्यो । एउटा तामाकोशी कसले खान लाग्यो ?’ उनले प्रश्न गरे ।

    सरकारले दशैंको बेला संसद बन्द हुने बेलामा र प्रधानमन्त्री न्युयोर्क जाने बेलामा चोर बाटोबाट चिनियाँ कम्पनीलाई नै जिम्मा दिएको भन्दै थापाले विरोध जनाए ।

    विगतमा सरकारले बुढीगण्डकी गेजुवलाई दिएर गल्ती गर्दा संसदीय समितिले रोकेको भन्दै थापाले  सरकारले संसदलाई समेत हेपेको बताए । संसदले उक्त सम्झौता खारेज गर्न निर्देशन दिँदा र अहिलेको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै उनले सरकारको गल्ती फेरि संसदले सच्याउनुपर्ने धारणा राखे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...