News Portal

कोभिडको कारण सामान्य पूजा गरेर मनाए उभौली 

हिमालीसंचार संवाददाता
३५१ पटक

ललितपुर — काठमाडौं उपत्यकामा किरात जातिले सामान्य पूजामात्र गरेर बुधबार उभौली चाड मनाएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा जारी रहेकोले पूजामात्र गरेर मनाएको जातीय संस्थाका प्रतिनिधिले जनाएका छन् । कोराना महामारीले गर्दा गत वर्ष पनि उभौली र उधौली चाड मनाउन सकेका थिएनन् ।

राई, लिम्बु, याक्खा, सुनुवार जातिका प्रतिनिधिले आ–आफ्नो पुजारीलाई लिएर सानो ललितपुरको हात्तीवनस्थित किरात माङहिम (देवस्थल)मा पूजाआजा गरेका छन् । माङहिममा चार जातिका आफ्ना–आफ्ना कुलथान रहेका छन् । ‘विगतका वर्षमा हामीले बृहत् भेला गरेर पूजाआजा गर्थ्यौं,’ किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले भने, ‘तर गत वर्ष पनि सम्भव भएन । आज पनि मैले हाम्रा संस्थागत पुजारी प्रेमबहादुर राईलाई लिएर सीमित व्यक्तिमाझ माङहिममा पूजामात्र गर्‍यौं । ढोल, झ्याम्टा बजाएर नाच्ने र खान्तेपिन्ते गर्ने काम गरेनौं ।’

त्यसैगरी सुनुवार सेवा समाजका सचिव उत्तमकुमार सुनुवारले सीमित व्यक्तिमात्र भेला भएर पूजा गरेको जनाए । पूजास्थलमा फरक-फरक समयमा पूजाआजा गरेका थिए । माङहिममा किरात याक्खा छुम्मा र किरात याक्थुङ चुम्लुङका प्रतिनिधिले बिहान सबेरै पूजाआजा गरेर फर्किएका थिए ।

किरातीले वैशाख पूर्णिमा उभौली चाडलाई आ–आफ्नो भाषामा साकेला, चासोक, फोलस्यादर, चासोक तङ्नाम भन्दछन् । वर्षात् लागेसँगै लगाइने नयाँ अन्नबाली सप्रियोस् । प्रकृति र पर्यावरण अनुकूल बनोस् भनेर प्रकृतिको पूजा गर्दछन् । घर–घरमा कुलपृत्रीको पूजासमेत गर्दछन् ।

त्यसैगरी अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा उधौली चाड मनाउँदछन् । सरकारले २०५८ मा उधौली र उभौली तिथिलाई ‘किरात चाड’ घोषणा गर्दै सार्वजनिक बिदा दिँदै आएको थियो । अहिले उक्त चाडको बिदा कटौती गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...