News Portal

कोभिडको कारण सामान्य पूजा गरेर मनाए उभौली 

हिमालीसंचार संवाददाता
३८८ पटक

ललितपुर — काठमाडौं उपत्यकामा किरात जातिले सामान्य पूजामात्र गरेर बुधबार उभौली चाड मनाएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा जारी रहेकोले पूजामात्र गरेर मनाएको जातीय संस्थाका प्रतिनिधिले जनाएका छन् । कोराना महामारीले गर्दा गत वर्ष पनि उभौली र उधौली चाड मनाउन सकेका थिएनन् ।

राई, लिम्बु, याक्खा, सुनुवार जातिका प्रतिनिधिले आ–आफ्नो पुजारीलाई लिएर सानो ललितपुरको हात्तीवनस्थित किरात माङहिम (देवस्थल)मा पूजाआजा गरेका छन् । माङहिममा चार जातिका आफ्ना–आफ्ना कुलथान रहेका छन् । ‘विगतका वर्षमा हामीले बृहत् भेला गरेर पूजाआजा गर्थ्यौं,’ किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले भने, ‘तर गत वर्ष पनि सम्भव भएन । आज पनि मैले हाम्रा संस्थागत पुजारी प्रेमबहादुर राईलाई लिएर सीमित व्यक्तिमाझ माङहिममा पूजामात्र गर्‍यौं । ढोल, झ्याम्टा बजाएर नाच्ने र खान्तेपिन्ते गर्ने काम गरेनौं ।’

त्यसैगरी सुनुवार सेवा समाजका सचिव उत्तमकुमार सुनुवारले सीमित व्यक्तिमात्र भेला भएर पूजा गरेको जनाए । पूजास्थलमा फरक-फरक समयमा पूजाआजा गरेका थिए । माङहिममा किरात याक्खा छुम्मा र किरात याक्थुङ चुम्लुङका प्रतिनिधिले बिहान सबेरै पूजाआजा गरेर फर्किएका थिए ।

किरातीले वैशाख पूर्णिमा उभौली चाडलाई आ–आफ्नो भाषामा साकेला, चासोक, फोलस्यादर, चासोक तङ्नाम भन्दछन् । वर्षात् लागेसँगै लगाइने नयाँ अन्नबाली सप्रियोस् । प्रकृति र पर्यावरण अनुकूल बनोस् भनेर प्रकृतिको पूजा गर्दछन् । घर–घरमा कुलपृत्रीको पूजासमेत गर्दछन् ।

त्यसैगरी अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा उधौली चाड मनाउँदछन् । सरकारले २०५८ मा उधौली र उभौली तिथिलाई ‘किरात चाड’ घोषणा गर्दै सार्वजनिक बिदा दिँदै आएको थियो । अहिले उक्त चाडको बिदा कटौती गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...