News Portal

  • एनआरएन अमेरिकाको सचिवमा युवा उम्मेद्वार :अनुप खनालकाे उम्मेदवार

    हिमालीसंचार संवाददाता
    ३२३ पटक

    काठमाडौं – राजधानी काठमाडौंमा जन्मनुभएका अनुप खनाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ। काठमाण्डौको बिशालनगर, चण्डोलमा जन्मेहुर्केका अनुप खनालले युनाइटेड एकेडमीबाट उच्च माध्यमिक तहको अध्ययन पुरागर्नु भएको हो। त्यसपछि पाटन संयुक्त क्याम्पसमा स्नातकको पढाई गर्दागदै उच्च शिक्षाको लागि २००७ मा अमेरिका प्रस्थान गर्नुभयो।

    अमेरिकाको मेरिल्याण्डमा कम्युनिटि कलेज अफ बाल्टिमोर काउन्टी हुँदै एसओर्थ कलेजबाट स्नातक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। अध्ययनपछि केहि समय ब्याङ्कर समेत भएर काम गरेका खनाल पछि भने नेपाल देखि पारिवारिक रुपमा संचालन गर्दै आएको कन्स्ट्रक्शन ब्यबसायलाइ यहाँ पनि निरन्तरता दिनु थाल्नुभयो। खनालले अहिले पनि कन्श्ट्रक्शन कनट्र्याक्टरको कामलाइ निरन्तरता दिनुभएको छ। उसो त बाल्टिमोरमा आफ्नै अर्को ब्यबसय पनि संचालनमा छ। खनालको जीवनको अर्को पाटो भनेको राजनीति पनि हो। नेपालमा आफ्नो सम्पूर्ण परिवारिक पृष्ठभुमि नेपाली कांग्रेस पार्टीको सक्रिय राजनीतिमा छ। कलेज देखि नै नेपाल बिधार्थी (नेवि) संघ को सक्रिय सदस्य भएर पाटन क्याम्पसको इकाई समिति सदस्यमा पनि काम गर्नुभएको थियो। अमेरिकामा पनि उहाँले नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड राज्य च्यापटरको सदस्य पछि सचिव अनि उपसभापति काे जिम्मेवारी पनि निभाई सक्नु भएको छ। उसो त उहाँ नेपाल तरुण दलको पनि सदस्य हुनुहुन्थ्यो। बिक्रम संवत २०५१ देखि भने नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्छ। नेपाली समुदायका गतिबिधिहरुमा सक्रिय रहने अनुप खनाल अहिले मेरिल्यान राज्यको बाल्टिमोर शहरमा बस्दै आउनु भएका खनाल अन्तराष्ट्रिय साहित्यिक समाज लगायत संघ-संस्थामा पनि सक्रिय हुनुहुन्छ। २०१५ मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य हुनुभएका खनाल २०१७ मा भने एनआरएनए एनसीसी अमेरिकाको मेरिल्याण्ड राज्य च्याटरमा बोर्ड सदस्य हुनुहुन्थ्यो। २०१९ मा त उहाँ एनआरएनए एनसीसी अमेरिकाको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धी पनि गर्नुभयो। यसका अलावा २०१९ मा एनआरएनए आइसीसीको काठमाण्डौ भएमा भएको विश्वो सम्मेलन र अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि पनि हुनुहुन्थ्यो।

    यो पटक चाहिँ आफू एनआरएनए एनसीसी अमेरिकाको सचिव पदमा उम्मेदवार भएको कुरा खनालले जानकारी दिनुभयो। नेपाली अमेरिकन समुदायका युवा र बिधार्थीबीच चर्चामा रहनुभएका खनाल उनीहरुकै प्रतिनिधित्व गर्दै संघमा प्रशाशनिक क्षेत्रमा आकांक्षी भएको बताउनु हुन्छ। यो सचिव पद संघको दैनिक प्रशाशन र बिधानसँग संबन्धित छ। यसबाट आफूले थुप्रै काम गर्न सकिने कुरा उहाँको विश्वास रहेको छ।

    नेतृवमा युवाहरु आउनुपर्छ, निर्वाचनमा हार या जित भन्दा पनि संघलाइ गतिवान र सेवामुखी बनाउनको लागि पनि आफू उम्मेदवार भएको जिकिर उहाँको रहेको छ। उसै पनि यो पटक खानालले एनआरएनए एनसीसी अमेरिकाको युवा तथा स्टुडेण्ट टास्कफोर्सको नेतृत्वमा रहेर उल्लेखनीय काम गरेको रेकर्ड छ। बिशेष गरि कोरोनाको संक्रमण कालमा बिधार्थी सपोर्ट, उनीहरुको लागि कम्युनिकेशन गर्न एप निर्माण, अत्यावशयक सामान र खाद्यान्न सहयोग, बेसिक मेडिसिनको सपोर्ट जस्ता थुप्रै काम गरेको फेहरिस्त सुनाउनु भयो खनालले। युवाहरुको सक्रियाता, नेतृत्वमा भूमिका र दोश्रो पुस्तालाइ नेपालसँग जोड्ने कुरा उहाँका प्रमुख चासोका बिषय हुन्। संघको सचिवको रुपमा महासचिवसँग मिलेर नियमित काम गर्ने मात्र नभएर युवा तथा बिधार्थीहरुको लागि एउटा बिशेष प्रोजेक्ट नै गर्ने योजना खनालको रहेको छ। नेपाल देखि अमेरिका आएका नयाँ बिधार्थीहरुको लागि सपोर्ट, युवाहरुको लागि रोजगारी सेवा संबन्धि सूचनाका कुरा, युवाहरुलाई बन्द-ब्यापार गरेर छिट्टै आत्मा निर्भर हुने तरिकाहरुको सूचना दिने जस्ता थुप्रै कुरा छन् खनालका योजनामा। यी सबै कुराहरुको मुल्याङ्गकन गर्दै आफूलाइ एनआरएनए एनसीसी अमेरिकाको सचिव पदमा मत दिनुपर्ने जिकिर अनुप खनालको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...