News Portal

कोरोनाबाट झापामा वडाध्यक्षसहित ४ जनाको मृत्यु 

हिमालीसंचार संवाददाता
५६२ पटक

झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण  ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बिर्तासिटी अस्पताल  बिर्तामोडमा  उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन्। कोरोना संक्रमण भएपछि विगत ११ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए।

स्वास्थ्यमा समस्या देखिएपछि बैशाख  २८ गते गरिएको स्वाब परीक्षणमा  उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झापाका जिल्ला अध्यक्ष हुन्।

त्यस्तै, शनिबार बिहान हल्दिबारी–१ का २९ वर्षिय एक पुरुषको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न।

त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी अस्पतालमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए। गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय पुरुषको कोशी कोभिड अस्पतालमा शनिबार बिहान  मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...