News Portal

प्यूठानबाट सडक डिभिजनको कार्यालय हटाईदै

हिमालीसंचार संवाददाता
४६४ पटक

केशरराज क्षेत्री
बुटवल – मन्त्रिपरिषद्‍ बैठकले सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने निर्णय गरेको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले आर्थिक वर्ष २०७८/०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गरेको संगठन व्यवस्थापन सर्भेको आधारमा प्यूठानका लागि सडक डिभिजन कार्यालय आवश्यक नरहेको पाइएकाले हटाउने निर्णय भएको उनले बताए।

‘संघ अन्तर्गत ३३ वटा डिभिजन कार्यालय छन्’, नेपालले भने, ‘प्यूठानसहित ललितपुर डिभिजन र सिन्धुलीको खुर्कोट डिभिजन त्यहाँबाट हटाउने निर्णय भएको छ।’ हटाइएका जिल्लाहरुलाई नजिकका डिभिजन कार्यालयले हेर्ने उनले जानकारी गराए। डिभिजन कार्यालय नजिक भएकाले हटाउनु परेको उनको भनाइ छ। प्यूठानबाट नजिकको सडक डिभिजन दाङ हो।

कार्यालय हटाउने विषयमा लिखित रुपमा कुनै जानकारी नआएको सडक डिभिजन प्यूठानका डिभिजन प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिए। ‘मौखिक रुपमा हटाउने जानकारी पाएको छु’,उनले भने,‘तर लिखित रुपमा कार्यालयलाई कुनै जानकारी छैन्।’

जिल्लाका महत्वपूर्ण रणनीतिक सडकका योजना डिभिजन मार्फत हुँदै आएका छन्। सडक बोर्डबाहेक डिभिजनबाट वार्षिक ३२ करोडका योजना संचालन हुने गरेको डिभिजन प्रमुख सापकोटाले जानकारी गराए।

प्यूठानको भौतिक पूर्वाधार विकास निर्माणसँग महत्वपूर्ण मानिएको उक्त कार्यालय अन्यत्र जिल्ला लैजाने निर्णयले निराश बनाएको जिल्लाबासीले गुनासो गरेका छन्। यसअघि रोल्पा, पूर्वी रुकुम हेर्ने गरी प्यूठानमा रहेको प्रदेश मातहतको सडक पूर्वाधार विकास कार्यालय पनि हटाएर रोल्पा लगिएको छ।

प्यूठानको बाटोहुँदै संचालन हुने भनिएका मदन भण्डारी राजमार्गको रुट भर्खरै तय भएको छ। यसको कार्यान्वयनले तिव्रता पाएको छैन्। बाग्दुला–भिमगिठे सडकको यस अघि भएको टेन्डर रद्द भएपछि त्यसको थप प्रक्रिया अघि बढेको छैन्।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...