News Portal

  • “वियर” टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो !

    हिमालीसंचार संवाददाता
    ४०५ पटक

    ‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने प्रचलन छ ।

    वियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । वियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, वियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा वियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ । 

    वियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा वियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ । 

    कती फाइदाजनक छ वियर ?

    उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, वियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । वियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।

    अनुसन्धानकर्ताहरुले २ गिलास वियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।

    यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, वियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।

    अन्य फाइदा

    मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल वियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ । 

    हप्तामा दुई पटक वियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । वियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।

    व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक वियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ । 

    वियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...