News Portal

  • खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि

    हिमालीसंचार संवाददाता
    ३९४ पटक

    खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमण पुष्टि भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २० वर्षीय युवा र ५३ वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव पिसिआर परिक्षणमा गरिएकोमा ४ जना महिला र २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    जिल्लाको साकेला गाउँपालिका–५ मात्तिमका ५२ वर्षीय एक महिला, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २० वर्षीय युवती, १७ वर्षीय युवती, ३५ वर्षीय युवा, साकेला गाउँपालिका–२ रतन्छाका १९ वर्षीय युवा र २५ वर्षीय युवती संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    जिल्ला भिक्रिनेत्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तिको पिसिआर परिक्षणका लागि संकलन गरिएको ६० जनाको नमूना बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकामा शुक्रबार ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । साकेलामा संक्रमितको संख्या ८ पुगेको छ ।

    साकेलामा २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर बैसाख १८ गते प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगर पठाइएकामा बैसाख २० गते दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो । संक्रमित फेला परेसँगै बाँझेच्यानडाँडालाई अहिले सिल गरिएको छ ।

    यसअघि ९ जनालाई संक्रमण पुष्टि भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहिबार ५ जनाको एन्टीजेन परिक्षण गर्दा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ३६ वर्षका एक युवक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षका युवक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३८ वर्षीय युवती र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३२ वर्षीय युवा कोरोना संक्रमण पुष्टि भएको कोभिड फोकल फर्सन एवं स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।

    जिल्लामा ४ जना कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक जना दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चालक छन् । दुई जना भने काठ्माण्डौंबाट केही समयअघि गाउँ आएको प्रारम्भिक अनुसन्धनमा खुलेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या २२ पुगेको छ । 

    जनस्वास्थ्य अधिकृत लामीछानेका अनुसार यसअघि जन्तेढुंगा गाउँपालिकामा एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय जिल्लामा दिनानुदिन कोरोना संक्रमित भेटिन थालेका छन् ।

    जिल्लामा पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या थप अरु बढ्ने अनुमान गरिएको छ । नगरपालिका भित्र संक्रमितमध्ये दुई जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा तथा अन्यलाई होम आइसोलेसनमा राखिएको मेयर रिजालले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...