News Portal

खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
४६८ पटक

खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २० वर्षीय युवा र ५३ वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव पिसिआर परिक्षणमा गरिएकोमा ४ जना महिला र २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको साकेला गाउँपालिका–५ मात्तिमका ५२ वर्षीय एक महिला, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २० वर्षीय युवती, १७ वर्षीय युवती, ३५ वर्षीय युवा, साकेला गाउँपालिका–२ रतन्छाका १९ वर्षीय युवा र २५ वर्षीय युवती संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

जिल्ला भिक्रिनेत्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तिको पिसिआर परिक्षणका लागि संकलन गरिएको ६० जनाको नमूना बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकामा शुक्रबार ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । साकेलामा संक्रमितको संख्या ८ पुगेको छ ।

साकेलामा २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर बैसाख १८ गते प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगर पठाइएकामा बैसाख २० गते दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो । संक्रमित फेला परेसँगै बाँझेच्यानडाँडालाई अहिले सिल गरिएको छ ।

यसअघि ९ जनालाई संक्रमण पुष्टि भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहिबार ५ जनाको एन्टीजेन परिक्षण गर्दा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ३६ वर्षका एक युवक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षका युवक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३८ वर्षीय युवती र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३२ वर्षीय युवा कोरोना संक्रमण पुष्टि भएको कोभिड फोकल फर्सन एवं स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।

जिल्लामा ४ जना कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक जना दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चालक छन् । दुई जना भने काठ्माण्डौंबाट केही समयअघि गाउँ आएको प्रारम्भिक अनुसन्धनमा खुलेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या २२ पुगेको छ । 

जनस्वास्थ्य अधिकृत लामीछानेका अनुसार यसअघि जन्तेढुंगा गाउँपालिकामा एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय जिल्लामा दिनानुदिन कोरोना संक्रमित भेटिन थालेका छन् ।

जिल्लामा पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या थप अरु बढ्ने अनुमान गरिएको छ । नगरपालिका भित्र संक्रमितमध्ये दुई जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा तथा अन्यलाई होम आइसोलेसनमा राखिएको मेयर रिजालले बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...