News Portal

सिन्धुपाल्चोक चौतारामा २६ वेडको आइसोलेशन वार्ड तयार

हिमालीसंचार संवाददाता
४२८ पटक

दुर्गा श्रेष्ठ सिन्धुपाल्चोक- जिल्ला चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ। नगरपालिकाका मेयर अमान सिंह तामाङले फिल्ड ट्रेनीङ सेन्टरमा १२ जिल्ला समन्वय समितिमा ९ तथा जिल्ला अस्पताल चौतारामा ५ वेड सहितको आइसोलेशन वार्ड तयार भएको बताउनुभयो । सो आइसोलेशन वार्डमा अक्सिजन सहितको व्यवस्था हुने भएकोछ ।

नगरपालिका भित्र २६ वेडको आइसोलेशन वार्ड तयार भईसकेको छ । नगरपालिकाले गम्भीर प्रकृतिका बिरामिलाई अक्सिजनको अभाव नहोस् भनेर २९ वटा सिलिन्डर मौज्दात अवस्थामा राखेको छ । ४ ओटा नगरपालिकामा र बाकिँ २५ वटा चौतारा अस्पतालमा राखिएको मेयर तामाङले बताउनुभयो ।

कोभिड–१९ को स्वास्थ्य संकटको अवस्था विचार गरेर ८ वटा अक्सिजन ग्यास उत्पादन गर्ने सामाग्रि भायोसिल्डको समेत नगरपालिकाले ब्यवस्थापन गरेको छ । यसले अक्सिजन अभावको समस्यालाई पुरा गर्ने मेयर तामाङको भनाई छ । कोरोनाको संक्रमण दर नगरपालिकामा वढिरहदा नडराउन तर सचेत र सजक हुन नगरबासिमा उहाँले अनुरोध गर्नुभएको छ ।

नगरपालिकाले कोरोना संग मिल्ने लक्षण देखिएकाहरुलाई निशुल्क परीक्षणको लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरेको छ । मेयर तामाङले कुनै समस्या परेमा आफ्नो नम्बर ९८६५७०७७३७ मा वा उपप्रमुख, जनप्रतिनिधि वा स्वास्थ्य शाखाका प्रमुखकलाई फोन गरेर जानकारी गराउन र सेवा लिन समेत अपिल गर्नुभएको छ । एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्वरमा सम्पर्क राख्न सकिने ब्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...