News Portal

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण, १९ जनाले ज्यान गुमाए

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ हजार ७ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ वटा परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण देखिएको हो।

यससँगै कूल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ। साथै, पछिल्लो २४ घण्टामा १२ सय ८७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ८२  हजार ३ सय ८२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...