News Portal

गायिका शान्ति श्री परियारले ल्याईन फेरि अर्को हृदयस्पर्षी गीत “कालो दिन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
८९९ पटक

काठमाडौ – नेपाली साङ्गीतीक क्षेत्रमा निकै चर्चित गायिका शान्ति श्री परियारको आवाजमा हृदयस्पर्षी गीत “कालो दिन” सार्वजनिक भएको छ ।

लोकेन्द्र खत्रीको शब्द संगीत रहेको यो गीतमा निकै कर्णप्रिय शव्दहरु समेटिएका छ्न । भर्खरै मात्रै बजारमा सार्बजनिक यो गीतमा प्रदेशीयकाहरुको दुख र वेदनालाई समेटिएको पाइन्छ ।

घरको आर्थिक अबस्थाले विदेशीनुको बाध्यता, अर्कोतिर साहुको ऋण, एकातिर आफ्नो प्यारो जन्मभुमि र परिवारको माया यति हुदाहुदै पनि प्रदेशनै जीवन गुमाउनुको हृदयस्पर्षि भावहरुलाई समेटिएको छ । जसले लाखौ प्रदेशीको मन जित्ने छ ।

यस गीतको म्युजिक भिडियो पनि उत्तिकै मार्मिक छ । यस गीतको म्युजिक भिडियोमा लोकेन्द्र खत्री र आरती थापाको उत्कृष्ट अभिनय देख्न पाउछौ । प्रविन रेश्मी मगरले सम्पादन गरेको यो निकै हृदय बिदारक गीतको निर्देशन पनि स्वयम् लोकेन्द्र खत्रीले गरेका हुन ।

स्टुडियो तरंगमा रेकर्ड भएको सो गितलाइ गायक तथा संगीतकार कर्ण सन्ज्याल ले रेकर्ड गरेका हुन भने रकेश वलीले एरेन्ज गरेका हुन ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...