News Portal

  • भेरी अस्पतालमा अक्सिजन अभाव, २०० सिलिण्डर अक्सिजन सहयोग गर्ने वडाध्यक्ष बेहनाको घोषणा

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    नेपालगन्ज – बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। नेपालगन्ज हायलकायल बनेको छ। स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन्। कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन।

    भेरी अस्पतालमा बेड भरिएका छन्। बिरामीका लागि चाहिने अक्सिजन अभाव भएको छ। सरकार बेखबर छ, नेपालगन्ज दुखिरहेको छ। न मुख्यमन्त्रीलाई चिन्ता, न त प्रधानमन्त्रीलाई चासो। सत्ताको लडाइँमा हानथाप गरिरहेका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई जनताको जीउज्यानको के मतलब ?

    स्थानीय सिंहदरबार अब अन्तिम किस्ताका लागि सोचमग्न छन्, कोरोनाको जोखिमका बारेमा ध्यान दिने फुर्सद छैन। स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ। पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि उल्लेख्य छ।

    कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन्। भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ।

    यस्तो अवस्थामा तीनै तहका सरकार कानमा तेल हालेर सुतिरहेका छन्। यहीबेला बाँकेको एक स्थानीय तहका एक जना मनकारी वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन उपलब्ध गराउने घोषणा गरेका छन्।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भएकाले आजै शुक्रबार भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन हस्तान्तरण गर्ने जानकारी दिए।

    उनले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन्। उनले भनेका छन्, ‘बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि र अस्पतालका दृष्यले मलाई मर्माहत बनायो।

    त्यसपछि मैले आफ्नो व्यक्तिगत तर्फबाट अस्पताललाई २०० अक्सिजन सिलिन्डर बराबरको रकम भेरी अस्पताललाई हस्तान्तरण गरेको हुँ। कोरोनाविरुद्धको लडाईमा मेरो सधैं साथ रहनेछ।’ मनकारीहरुलाई सहयोगको आग्रह गर्दै वडाध्यक्ष बेहनाले भनेका छन्, ‘तपाईको सानो सहयोगले बिरामी र अस्पताललाई सहज हुनेछ।’

    बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको र अक्सिजनसमेत अभाव भएपछि आफुले सक्दो सहयोगको घोषणा गरेको उनले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...