News Portal

युएइमा नेपाली राजदूतद्वारा नेपाली कविहरुसँग भेटवार्ता, कविताहरुको सगरमाथा कृतिलाई शुभकामना

हिमालीसंचार संवाददाता
४५७ पटक

रामप्रसाद ढुंगेल/युएइ – युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन्।

युएईमा सक्रिय नेपाली साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को एक टोलीले  वैशाख ८ गते बुधबार राजदूतको कार्यकक्षमा भेटघाट गरी युएईको नेपाली साहित्यिक गतिविधिबारे छलफल गरेको हो ।

परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायामान गरिराखेको प्रति राजदूत ढकालले साहित्यिक समुहको प्रशंसा गर्दै आगामी दिनमा गर्ने हरेक कार्यको लागि शुभकामना पनि ब्यक्त गरेको भेटघाटमा सहभागी संस्थाका महासचिव डिजी शर्माले जानकारी दिए ।

युएईमा भइरहेका साहित्यिक गतिविधिलाई आफूले नियाली रहेको र यसले आफूलाई प्रभावित र खुशी पारेको कुरा राजदूत ढकालले बताएका छन्। भेटवार्ताका क्रममा राजदूतले आगामी दिनमा दूतावासबाट हुने साहित्यिक कार्यक्रममा सगरमाथासँग सहकार्य गर्ने र सगरमाथाले गर्ने साहित्यिक कार्यक्रममा पनि दूतावासको सहभाहिता रहने प्रतिवद्वता गरेका छन् ।

नेपाली भाषा सहित्यको विकासका लागि प्रवासमा रहेका सर्जक र साहित्यिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउदै राजदूत ढकालले यस्तो कार्य निरन्तर हुनु आवश्यक रहेकोमा जोड दिएका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट केन्द्रीय महासचिव डिजि शर्मा, केन्द्रीय सदस्य द्वय कृष्ण घिमिरे र राज यात्री लम्सालको सहभागिता रहेको भेटका क्रममा संस्थाले भर्खरै बजारमा ल्याएको संयुक्त ककिता संग्रह “कविताहरुको सगरमाथा” उपहार स्वरुप नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो। राजदूत ढकालले संयुक्त कविता सङ्ग्रह कविताहरुको सगरमाथाको सफलताको लागि शुभकामना व्यक्त गरेको भेटमा सहभागी एक साहित्यकारले प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...