News Portal

युएइमा नेपाली राजदूतद्वारा नेपाली कविहरुसँग भेटवार्ता, कविताहरुको सगरमाथा कृतिलाई शुभकामना

हिमालीसंचार संवाददाता
४४२ पटक

रामप्रसाद ढुंगेल/युएइ – युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन्।

युएईमा सक्रिय नेपाली साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को एक टोलीले  वैशाख ८ गते बुधबार राजदूतको कार्यकक्षमा भेटघाट गरी युएईको नेपाली साहित्यिक गतिविधिबारे छलफल गरेको हो ।

परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायामान गरिराखेको प्रति राजदूत ढकालले साहित्यिक समुहको प्रशंसा गर्दै आगामी दिनमा गर्ने हरेक कार्यको लागि शुभकामना पनि ब्यक्त गरेको भेटघाटमा सहभागी संस्थाका महासचिव डिजी शर्माले जानकारी दिए ।

युएईमा भइरहेका साहित्यिक गतिविधिलाई आफूले नियाली रहेको र यसले आफूलाई प्रभावित र खुशी पारेको कुरा राजदूत ढकालले बताएका छन्। भेटवार्ताका क्रममा राजदूतले आगामी दिनमा दूतावासबाट हुने साहित्यिक कार्यक्रममा सगरमाथासँग सहकार्य गर्ने र सगरमाथाले गर्ने साहित्यिक कार्यक्रममा पनि दूतावासको सहभाहिता रहने प्रतिवद्वता गरेका छन् ।

नेपाली भाषा सहित्यको विकासका लागि प्रवासमा रहेका सर्जक र साहित्यिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउदै राजदूत ढकालले यस्तो कार्य निरन्तर हुनु आवश्यक रहेकोमा जोड दिएका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट केन्द्रीय महासचिव डिजि शर्मा, केन्द्रीय सदस्य द्वय कृष्ण घिमिरे र राज यात्री लम्सालको सहभागिता रहेको भेटका क्रममा संस्थाले भर्खरै बजारमा ल्याएको संयुक्त ककिता संग्रह “कविताहरुको सगरमाथा” उपहार स्वरुप नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो। राजदूत ढकालले संयुक्त कविता सङ्ग्रह कविताहरुको सगरमाथाको सफलताको लागि शुभकामना व्यक्त गरेको भेटमा सहभागी एक साहित्यकारले प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...