News Portal

ग्लोबल एनआरएन सिंगिङ आइडल, संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो – संयोजक गुरुङ

हिमालीसंचार संवाददाता
४८६ पटक

दोहा (जिएनएन) – गैरआसावीय नेपालीहरूको दोश्रो पुस्तालाई लक्षित गरी आयोजना गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को विषयमा अहिले विश्वव्यापी चर्चा छ। नेपाल र नेपाली पुगेका विश्वका सबैजसो देशमा ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारी चलिरहेको छ। गैरआवासीय नेपालीहरू आ–आफ्नो ठाउँबाट आइडल सफल बनाउन लागिरहेका छन्।

गैरआवासीय नेपाली संघ, एनआरएनए मध्यपूर्व युवा समितिले सबै राष्ट्रिय समन्वय समितिले सबै देशका राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिले ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारीमा ध्यान केन्द्रित गरेका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले विश्वभरिबाट नेपालीहरूको उत्साहजनक सहभागिता र प्रतियोगिताबारे व्यक्त चासोले आइडलको गरिमा अझै बृद्धि गरेको बताएका छन्।

‘नेपालबाट धन कमाउनका लागि मात्रै कोही विदेशिएका हुँदैनन्, विदेशमा गएर त्यहाँको विकास, परिवर्तन र समकालीन अवस्थाको सम्पूर्ण ज्ञान दिइने गरिन्छ, ग्लोबल एनआरएन सिंगिङ आइडल पनि विदेशमा बस्दा त्यहाँ सिकेको संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो,’ गुरुङले भने। गुरुङले नेपाली संगीतकर्मीहरूले प्रवासमा रहँदा पनि आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने अवसर सिर्जना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताए।

गुरुङले थपे, ‘नेपाल आइडल, भ्वोइस अफ नेपाल, बुकी–वुकी जस्ता फ्रेन्चाइज रियालिटी शोको ग्रान्ड फिनालेलाई कतारमा सम्पन्न गर्नका लागि मैले व्यवस्थापन हेर्ने जिम्मा पाएको थिएँ, यही अनुभवका कारण मध्यपूर्व यूवा विभागले गर्न लागेको यस कार्यक्रमलाई सहजीकरण गर्न सजिलो भएको हो,’ विदेश पुगेका धेरै नेपाली कला, संगीत देखि वैज्ञानिक आविष्कारसम्मका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको संयोजक गुरुङको धारणा छ। जहाँ पुगे पनि नेपाली माटो र नेपाल आमालाई सम्झेर शिर सगरमाथाझैं उचो पार्ने ध्यानमा सबै प्रवासी नेपालीहरू रहने गुरुङले बताए।

‘एक पटकको नेपाली सधैंको नेपाली, जन्म जहाँ हुन्छ, त्यही माटोको ऋण र सुगन्ध लिएर विश्वका जुनसुकै देशमा पुगे पनि आफ्नो जन्मभूतिप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ,’ गुरुङले भने। जन्मभूमिबाट कर्मभूमिमा पुगेका नेपालीहरूलाई संगीतको सुत्रमा बाँध्ने अवसरका रुपमा ग्लोबल एनआरएन सिंगिङ आइडललाई लिन आग्रह गर्दै मध्यपूर्व संयोजक गुरुङले नेपाली माटोबाट सिकेको संगीतको धुनलाई विश्वभरि पुर्‍याउनु पर्नेमा जोड दिए। कुराकानी कै क्रममा अर्को एक प्रसङ्ग जोड्दै गुरुङले भने, ‘संघको साँस्कृतिक विभागले पनि कला र संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। संगीत कै क्षेत्रलाई समेत समेट्दै वृहत कार्यक्रमको योजना तर्जुमा भएको छ, यो ग्लोबल एनआरएन सिगिङ्ग आईडलले त्यो योजनालाई थप टेवा पुग्ने हाम्रो विश्वास रहेको छ। ” डिजिटल अडिसनका लागि भिडियो पठाउन अनुरोध पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएपछि यसको तयारी अझै विशिष्ट ढंगबाट चलिरहेको छ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमार्फत् आफ्नो प्रतिभा प्रष्फुटन गर्न ४० वर्षसम्मका युवाहरूले अवसर प्राप्त गरेका छन्। ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको छ। यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ। डिजिटल अडिसन अप्रिल ३० मा हुने छ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ।

ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने छ। ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन्। गुरुङले विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको बताउँदै डिजिटल अडिसनका लागि भिडियो पठाउन आग्रह पनि गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...