News Portal

नेपालमा ९०० जनामा कोरोना भाइरस सङ्क्रमण

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाण्डाै –  नेपालमा पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ र ६२१ जनाको एन्टिजेन परिक्षण गर्दा ६४ जना गरि कुल ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ३ सय ४८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार पाँच परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ ।

अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् ।थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...