News Portal

हामीले युद्ध जित्‍यौं, अमेरिकाले हार्‍यो – तालिबान

हिमालीसंचार संवाददाता
४६३ पटक

अफगानिस्तान – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने घोषणा गरेसँगै तालिबानले आफ्नो जित मनाउन थालेको छ। यसअघि नै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना सन् २०२१ को मे १ सम्म फिर्ता लिने निर्णय गरेका थिए।

तर, बाइडेन प्रशासनले यो निर्णयलाई केही समय रोकेको थियो तर अहिले सेप्टेम्बर ११ सम्ममा सबै सेना फिर्ता ल्याइसक्ने निर्णय गरिएको हो। अमेरिकाको यो निर्णयसँगै तालिबानले आफ्नो जित भएको बताएको छ।

तालिबानको नियन्त्रणमा रहेको बाल्ख जिल्लाका मेयर हाजी हिकमतले बीबीसीसँग भनेका छन्, ‘हामीले युद्ध जित्‍यौं र अमेरिकाले हार्‍यो।’ उनले अघि भनेका छन्, ‘हामी कुनै पनि चीजको लागि तयार छौँ, हामी शान्तिका लागि पूर्ण रूपमा तयार छौँ र हामी जिहाद (इस्लाम विरोधीसँग लड्न)का लागि पनि पूर्ण रूपमा तयार छौँ।

सन् २००१ मा ओसामा बिन लादेनले अमेरिकामा आक्रमण गरेको एक महिनापछि देखि सुरु भएको अफगान युद्धमा अमेरिकी सेनाले तालिबान माथि आक्रमण गर्दै आएको थियो। गत वर्ष तत्कालीन राष्ट्रपति ट्रम्पले शान्ति वार्ता गराएयता तालिबान र अमेरिकी सेनाबिच आक्रमणका घटना भएका छैनन्। – बीबीसी

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...