News Portal

हामीले युद्ध जित्‍यौं, अमेरिकाले हार्‍यो – तालिबान

हिमालीसंचार संवाददाता
५२९ पटक

अफगानिस्तान – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने घोषणा गरेसँगै तालिबानले आफ्नो जित मनाउन थालेको छ। यसअघि नै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना सन् २०२१ को मे १ सम्म फिर्ता लिने निर्णय गरेका थिए।

तर, बाइडेन प्रशासनले यो निर्णयलाई केही समय रोकेको थियो तर अहिले सेप्टेम्बर ११ सम्ममा सबै सेना फिर्ता ल्याइसक्ने निर्णय गरिएको हो। अमेरिकाको यो निर्णयसँगै तालिबानले आफ्नो जित भएको बताएको छ।

तालिबानको नियन्त्रणमा रहेको बाल्ख जिल्लाका मेयर हाजी हिकमतले बीबीसीसँग भनेका छन्, ‘हामीले युद्ध जित्‍यौं र अमेरिकाले हार्‍यो।’ उनले अघि भनेका छन्, ‘हामी कुनै पनि चीजको लागि तयार छौँ, हामी शान्तिका लागि पूर्ण रूपमा तयार छौँ र हामी जिहाद (इस्लाम विरोधीसँग लड्न)का लागि पनि पूर्ण रूपमा तयार छौँ।

सन् २००१ मा ओसामा बिन लादेनले अमेरिकामा आक्रमण गरेको एक महिनापछि देखि सुरु भएको अफगान युद्धमा अमेरिकी सेनाले तालिबान माथि आक्रमण गर्दै आएको थियो। गत वर्ष तत्कालीन राष्ट्रपति ट्रम्पले शान्ति वार्ता गराएयता तालिबान र अमेरिकी सेनाबिच आक्रमणका घटना भएका छैनन्। – बीबीसी

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...