News Portal

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

हिमालीसंचार संवाददाता
४६४ पटक

किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो।

कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको बिहान ४:३० बजेतिर मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए।

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि नोबेलले रेफर गरेर उनलाई थप उपचारका लागि बुधबार दिउँसो कोसी अस्पताल पठाएको थियो।

भगतका अनुसार कोसी ल्याउँदा महिलाको अवस्था चिन्ताजनक थियो। शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए। मृतक महिलाका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको पनि कोसीमै उपचार भइरहेको भगतले बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...