News Portal

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

हिमालीसंचार संवाददाता
४२२ पटक

किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो।

कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको बिहान ४:३० बजेतिर मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए।

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि नोबेलले रेफर गरेर उनलाई थप उपचारका लागि बुधबार दिउँसो कोसी अस्पताल पठाएको थियो।

भगतका अनुसार कोसी ल्याउँदा महिलाको अवस्था चिन्ताजनक थियो। शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए। मृतक महिलाका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको पनि कोसीमै उपचार भइरहेको भगतले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...