News Portal

विराट गोल्डकप: पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

हिमालीसंचार संवाददाता
४४० पटक

विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरवाट गरिँदा पन्जाबले बाजी मार्‍यो।

पन्जाबका लागि सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र असदीप सिंहको पेनाल्टी प्रहार गोलमा परिणत हुँदा रूपन्देहीका शक्ति राई र गौरव श्रेष्ठको प्रहारले मात्र पोस्टको लक्ष्य भेटेको थियो। रूपन्देहीका कप्तान आशिष गुरुङको प्रहार पन्जाबका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गर्दा अजित गुरुङको प्रहार बारमा ठोक्किएर फर्किएको थियो।

यसअघि इन्जुरी समयको पाँच मिनेट सम्हाहिन नसक्दा रूपन्देहीले अग्रता जोगउन सकेन। खेलको ७९ औं मिनेटमा रूपन्देहीका शक्ति राईले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका थिए। उनले लुइस भिडालको क्रममा हेड गोल गरेका थिए।

पाँच मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जाबका जितेन्द्र सिंहले गोल गरी खेल बराबरी गरेका थिए। पन्जाबका गोलरक्षक सतवीर सिंह म्यान अफ द म्याच भए। उनले १० हजार पुरस्कार थापे। शनिबार युनाइटेड फुटबल क्लब पश्चिम बंगाल र घरेलु टिम विराटनगर ११ बीच पहिलो क्वाटरफाइनल हुनेछ।

मनाङ मर्स्याङदी क्लबले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने जनाएपछि आयोजकले पश्चिम बंगालविरुद्ध घरेलु टिम विराटनगरलाई मैदानमा उतार्ने निर्णय गरेको हो। विराटनगरले बिहीबार सिक्किमलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा गरेको थियो। मनाङले डेढ दशकअघि विराटनगरमा नीराजन कप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल छाडेर आयोजकलाई धोका दिएको थियो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...