News Portal

  • १३ औँ संस्करण राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३९६ पटक

    रबिन्द्र बराल-रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो।
    नगर स्तरीय साे खेल चैत्र २५ गतेदेखि २७ गतेसम्म आयाेजना गरेको थियोे।

    नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि १७ विद्यालयबाट बिधार्थिहरु उक्त खेलमा सहभागी रहेको थिए। खेलमा कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको थियो । सो खेलम माउन्ट मकालु बोडिङ ईङ्लिस स्कुलले ८ संवरण, ३ रजत र २ कास्य गरि १३ पद हात पार्दे ३२अंक ल्याएर प्रथम हुन काे सफल भएको छ।
    दाेस्राेमा पव्लिक उच्च माध्यमिक बिधालयले ३ संवरण,४ रजत र ८ कास्य गरि १५ पद हात पारेकाे थियो ।

    भने तृतीय मा महालक्ष्मी माध्यमिक बिधालय दर्वेशाले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि ११ पद हासिल गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी अतिथि हरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष रामचन्द्र मंडल, घन्श्याम पनेरु, महेश कुमार साह, स्थानीय बुद्धिजीवी सुरेश मिश्र, लगायत पुरस्कार बितरण गरेका थिए ।
    खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए ।प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायतका खेलहरु भएको थियो। समापन कार्यक्रममा मकालु टेलिभिजनका दिलिप अग्रवाल र एभिन्युज टेलिभिजनका माेरङ सम्मदातालाई मायाँकाे चिनाे समेत हस्तान्तरण गरिएको थियोे ।
    कार्यपालिका सदस्य शंकर प्रसाद साहकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा भएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...