News Portal

१३ औँ संस्करण राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

हिमालीसंचार संवाददाता
४१७ पटक

रबिन्द्र बराल-रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो।
नगर स्तरीय साे खेल चैत्र २५ गतेदेखि २७ गतेसम्म आयाेजना गरेको थियोे।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि १७ विद्यालयबाट बिधार्थिहरु उक्त खेलमा सहभागी रहेको थिए। खेलमा कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको थियो । सो खेलम माउन्ट मकालु बोडिङ ईङ्लिस स्कुलले ८ संवरण, ३ रजत र २ कास्य गरि १३ पद हात पार्दे ३२अंक ल्याएर प्रथम हुन काे सफल भएको छ।
दाेस्राेमा पव्लिक उच्च माध्यमिक बिधालयले ३ संवरण,४ रजत र ८ कास्य गरि १५ पद हात पारेकाे थियो ।

भने तृतीय मा महालक्ष्मी माध्यमिक बिधालय दर्वेशाले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि ११ पद हासिल गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी अतिथि हरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष रामचन्द्र मंडल, घन्श्याम पनेरु, महेश कुमार साह, स्थानीय बुद्धिजीवी सुरेश मिश्र, लगायत पुरस्कार बितरण गरेका थिए ।
खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए ।प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायतका खेलहरु भएको थियो। समापन कार्यक्रममा मकालु टेलिभिजनका दिलिप अग्रवाल र एभिन्युज टेलिभिजनका माेरङ सम्मदातालाई मायाँकाे चिनाे समेत हस्तान्तरण गरिएको थियोे ।
कार्यपालिका सदस्य शंकर प्रसाद साहकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा भएको हो ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...