News Portal

नेपाली कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

६८४ पटक

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।

मस्यौदामाथि सुझाव संकलनका लागि पर्सिदेखि देशका १२ स्थानमा छलफल कार्यक्रम राखिएको छ । ‘दफावार सुझाव लिन्छौं र १४ गतेभित्र राजधानी फर्कन्छौं । प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्छौं’ शनिबार पत्रकार सम्मेलन गरी मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले भने, यसबीचमा पार्टी नेतृत्वसँग पनि छलफल गर्छौं ।’

मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ । उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू पनि रहेको एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार उपसभापति दुई वा तीन बनाउने विकल्प छ । उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् ।

तर, दुई उपसभापति राख्न प्रस्ताव गर्नेहरुले सात प्रदेश हेर्ने गरी सात सहमहामन्त्री राख्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

पदाधिकारीको निर्वाचन प्रणालीमा तीन वटा प्रस्ताव छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले सबै सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिलाई जानकारी मात्र दिने प्रस्ताव गरेका छन् ।

वैकल्पिक प्रस्तावमा ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित वा सबै निर्वाचित हुनु पर्ने प्रस्ताव अघि सारिएको छ । उनीहरुले संसदीय समिति र अनुशासन समिति पनि निर्वाचनबाटै बनाउन प्रस्ताव गरेका छन् ।

हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वाचित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

विधान संशोधन मस्यौदामा केन्द्रीय कार्यसमितिमा १०१ वा १३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...