News Portal

फिफा विश्वकप फुटबल: इङ्ल्यान्डको बिजयी सुरुआत

हिमालीसंचार संवाददाता
३९६ पटक

इङ्ल्यान्ड – फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटमा इङ्ल्यान्डले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा इङ्यान्डले सान मारिनोलाई ५–० गोल अन्तरले हरायो।

घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे। जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक–एक गोल गरे। जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ।

सान मारिनोले भने हारबाट छनौटको सुरुवात गरेको छ। खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। ३१ औं मिनेटमा रहिमले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए।

पहिलो हाफमा तीन गोल गरेको इङ्ल्यान्ड दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो। ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० को बनाए। ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इङ्ल्यान्डलाई ५–० को जित दिलाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...