News Portal

अफ्रिकी गायिका ‘वियोन्से’ले गाइन् फूलबुट्टे सारी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८३८ पटक

काठमाण्डौ – नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ एक अफ्रिकी मुलकी गायिकाले गाएकी छिन्। गायिका वियोन्सको स्वरमा उक्त गीत सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी गायिका वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक गरेकी हुन।

यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा सुन्न पाइन्छ। यो गीतको रचनाकार तथा संगीतकार राजनराज सिवाकोटी हुन्।

यो गीत सार्वजनिक भएपछि विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ। दि क्याप्टेन वियोन्से फ्यामेसीले गाएको गीतमा पनि हजारौ भ्यूज नाघिसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्। 

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडियोमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडियो डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो।

म्युजिक भिडियो यहा हेर्नुस 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...