News Portal

अफ्रिकी गायिका ‘वियोन्से’ले गाइन् फूलबुट्टे सारी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८८६ पटक

काठमाण्डौ – नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ एक अफ्रिकी मुलकी गायिकाले गाएकी छिन्। गायिका वियोन्सको स्वरमा उक्त गीत सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी गायिका वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक गरेकी हुन।

यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा सुन्न पाइन्छ। यो गीतको रचनाकार तथा संगीतकार राजनराज सिवाकोटी हुन्।

यो गीत सार्वजनिक भएपछि विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ। दि क्याप्टेन वियोन्से फ्यामेसीले गाएको गीतमा पनि हजारौ भ्यूज नाघिसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्। 

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडियोमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडियो डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो।

म्युजिक भिडियो यहा हेर्नुस 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...