News Portal

गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधी ‘गुठी युनाईटेडको’ कब्जामा (फोटो फिचर)

हिमालीसंचार संवाददाता
९७३ पटक

बाग्लुङ/सुरेश सुनार – बाग्लुङ बलेवाको नारायणस्थानमा आयोजना भएको गण्डकी प्रदेश स्तरिय खुला ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधी गुठी युनाईटेडले जितेको छ।

नारायणस्थानमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा युनाईटेड फोरलाई ३-२ गोल अन्तरले पराजित गर्दै गुठी युनाईटेडले उपाधी हासिल गर्न सफल रहेको हो। बलेवा युवा क्लबको आयोजनामा गत आईतबारदेखि शुभारम्भ भएको प्रतियोगितामा बिहिबारसम्म सम्पन्न भएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न २१ टिमले सहभागिता जनाएका आयोजकले जानकारी दिएको हो। 

प्रतियोगिताको उद्धाटन समरोहमा बागलुङ नगरपालिकाको मेयर जनकराज पौडेल, वाडाअध्यक्ष चक्र बहादुर खत्री, समाजसेवी कृष्ण बहादुर खत्री, कमल कुमार जिसी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको प्रतियोदितामा आयोजनाका लागि आर्थिक रुपमा बागलुङ नगरपालिका, अमेरिकामा रहने स्थानीय युवाहरु लगायतले सहयोग गरेका थिए भने भौतिक रुपमा क्लबका सक्रिय सदस्यहरुको स्थानीय युवाहरुको विशेष भुमिका रहेको थियो। 

गुठीको तर्फबाट अजित गुरुले २ गोल र गोविन थापाले १ गोल गरेका थिए भने युनाईटेड फोर’को तर्फबाट सन्तोष थापाले २ गोल गरेका थिए। बिहिबार सम्पन्न फाईनल खेलमा केही समय बाँकी रहदै एक टिमले मैदान छोडे पश्चात आयोजकले गुठी युनाईटेडलाई बिजेता घोषणा गरेको थियो। विजेताले नगद ६६,०००।- क्रमश उपबिजेताले नगद ३३,०००।- धनराशी सहितको पुरस्कार कप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।     

पर्यटकीय नगर बन्दै गरेको बाग्लुङ बलेवामा अबस्थित विश्वको दोस्रो अग्लो बञ्जी साथै देशकै अग्लो र  लामो झोलुङ्गे पुलहरु लगायतका महत्वपूर्ण विशेषता रहेको बलेवामा प्रकृतिको मनोरम दृश्यहरु पनी अवलोकन गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...