News Portal

गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधी ‘गुठी युनाईटेडको’ कब्जामा (फोटो फिचर)

हिमालीसंचार संवाददाता
९४७ पटक

बाग्लुङ/सुरेश सुनार – बाग्लुङ बलेवाको नारायणस्थानमा आयोजना भएको गण्डकी प्रदेश स्तरिय खुला ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधी गुठी युनाईटेडले जितेको छ।

नारायणस्थानमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा युनाईटेड फोरलाई ३-२ गोल अन्तरले पराजित गर्दै गुठी युनाईटेडले उपाधी हासिल गर्न सफल रहेको हो। बलेवा युवा क्लबको आयोजनामा गत आईतबारदेखि शुभारम्भ भएको प्रतियोगितामा बिहिबारसम्म सम्पन्न भएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न २१ टिमले सहभागिता जनाएका आयोजकले जानकारी दिएको हो। 

प्रतियोगिताको उद्धाटन समरोहमा बागलुङ नगरपालिकाको मेयर जनकराज पौडेल, वाडाअध्यक्ष चक्र बहादुर खत्री, समाजसेवी कृष्ण बहादुर खत्री, कमल कुमार जिसी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको प्रतियोदितामा आयोजनाका लागि आर्थिक रुपमा बागलुङ नगरपालिका, अमेरिकामा रहने स्थानीय युवाहरु लगायतले सहयोग गरेका थिए भने भौतिक रुपमा क्लबका सक्रिय सदस्यहरुको स्थानीय युवाहरुको विशेष भुमिका रहेको थियो। 

गुठीको तर्फबाट अजित गुरुले २ गोल र गोविन थापाले १ गोल गरेका थिए भने युनाईटेड फोर’को तर्फबाट सन्तोष थापाले २ गोल गरेका थिए। बिहिबार सम्पन्न फाईनल खेलमा केही समय बाँकी रहदै एक टिमले मैदान छोडे पश्चात आयोजकले गुठी युनाईटेडलाई बिजेता घोषणा गरेको थियो। विजेताले नगद ६६,०००।- क्रमश उपबिजेताले नगद ३३,०००।- धनराशी सहितको पुरस्कार कप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।     

पर्यटकीय नगर बन्दै गरेको बाग्लुङ बलेवामा अबस्थित विश्वको दोस्रो अग्लो बञ्जी साथै देशकै अग्लो र  लामो झोलुङ्गे पुलहरु लगायतका महत्वपूर्ण विशेषता रहेको बलेवामा प्रकृतिको मनोरम दृश्यहरु पनी अवलोकन गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...