News Portal

मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

“समाजमा विशेष योगदान पुर्याएका विभिन्न मुलुकका महिलाहरुलाई प्रशंसा-पत्र सहित सम्मान”

हिमालीसंचार संवाददाता
५८९ पटक

मकाउ – मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरी विभिन्न मुलुकका महिलाहरुको सहभागितावीच संयुक्त रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मनाएका छन्।

आयोजित कार्यक्रममा मकाउका स्थानीय प्रमुख अतिथि General assembly president of ATFPM- Dra Rita Botelho, Deputy of the legislative assembly of Macau Dr. Jose Pepeira Coutinho विशिष्ट अतिथि र नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगरले १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आफ्नो धारणा राखेका थिए। 

आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कुमारी सुब्बा,विन्दु सुनुवार राई, सृजना केसी, गीता मगर शेर्पा, सर्मिला राई, ग्रेस पागाउन र निर्मला थापा मगरलाई प्रशंसा पत्र र सम्मान आमन्त्रित प्रमुख अतिथि रिता साथै विशिष्ट अतिथि डा. जोसद्वारा प्रदान गरिएको थियो।  

नारी दिवसको अवसरमा त्रिपक श्रीस र सुनीता अधिकारीले नृत्य प्रस्तुत गरेका थिए। त्रिपक मगर राष्ट्रिय पोशाकमा सजिएका थिए भने सुनीता साडीमा सजिएकी थिइन । कलाकारको मौलिक नृत्यले उपस्थित महानुभावहरुको ध्यान खिचेको थियो।

विश्वभर आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा मकाउमा पनि नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालमा पनी विभिन्न कार्यक्रम आयोजना गरेर नारी दिवस मनाउने गरेको छ। ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ यो वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। आयोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक...

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...