News Portal

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

हिमालीसंचार संवाददाता
१०३७ पटक

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाई जेसीवी डोजरले ठक्कर दिएको हो।

महिलाको शव भने माटोले पुरिएको अवस्थामा भेटिएको थियो। घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपी घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

ठक्करबाट घाइते भएकी महिलालाई डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरिदिएका छन्। डोजर चालक र ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको बताएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...