News Portal

पन्त र वलीबीच वार: हामीले नेता मानेका रघुजी पन्त कति निच !

हिमालीसंचार संवाददाता
४६१ पटक

काठमाडौं – नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन्। राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन्। पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि वलीले आक्रोस व्यक्त गर्दै ‘निच’ शब्द प्रयोग गरेकी हुन्।

वलीले सामाजिक संजालमा लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ।’ उनले पन्तलाई महिला नेतृहरु कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन्।

मानवी पौडेलले पनि पन्तको अभिब्यक्तिप्रति खेद ब्यक्त गर्दै लेखेकी छिन् ‘कोमल वलीको आत्मसम्मान विरुद्ध बोल्नु आम महिलाको अपमान हो, राजनीतिमा रहेका महिला प्रतिको निकृष्ट अभिव्यक्ति हो। राजनीतिलाई फगत राजनीति बनाएर चर्का कुरा गर्ने र दाउपेचको बाटो हेर्नेको कुरा आफ्नो ठाउँमा छ। तर, छुद्र अभिव्यक्ति दिने रघुजी पन्तले यस सम्बन्धमा जवाफ दिनैपर्छ।’

नेविसंघ नेतृ तथा सामाजिक अभियन्ता एलिजा ढकाल लेख्छिन्–‘हाम्रो समाजमा धेरै रघुजी पन्तहरु छन्। जो महिलालाई उसको क्षमता भन्दा लिङ्गसंग जोडेर हेर्छन। कोमल वलीभन्दा पहिले कम राजनीतिक योगदानका बाबजुद कोहि पुरुष सांसद भएका कोहि पुरुष सांसद भएका थिएनन् ? बिरोधको पनि तरिका हुन्छ। चरित्रमै प्रश्न उठ्नुले महिलाको निम्ति हरेक क्षेत्र असहज र असुरक्षित बन्न जान्छ।’

नेकपाको प्रचण्ड-नेपाल पक्षका नेता पन्तले प्रधानमन्त्री केपी ओलीलाई समेत जोडेर भनेका छन्। अहिले महिलाहरु पनि केपीतिर पनि लागेका छन्। २० औं वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरु पनि छन्। तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन्।

केपी ओलीले कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै ‘पोइल जान पाँउ’ भनेपछि सांसद त तिनैले पाइन्। कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटी सदस्य हुन पाएका छन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन्।’

पन्तमाथि राजनीतिक संस्कार नभएको भनी आलोचना भइरहँदा वलीका गीतहरु भने कति महिलामैन्त्री छन् भन्ने पनि प्रश्नहरु उठेका छन्। यद्यपी, यतिबेला पन्तको अभिब्यक्तिलाई लिएर महिला अधिकारकर्मीहरुले चर्को आलोचना गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...