News Portal

बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले आफ्नै खर्चमा क्वारेन्टाइन

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौँ – बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले ५ दिन आफ्नै खर्चमा काठमाडौंका होटलमा क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ती मुलुकबाट वा त्यहाँ ट्रान्जिट बनाएर नेपाल आउने विदेशी तथा नेपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका होटलमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।

बेलायत र दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति भीयूआई २०२०–०१ यसअघिको भन्दा बढी संक्रामक रहेकाले त्यसलाई फैलिन नदिन स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन बस्नुपर्ने नयाँ व्यवस्था गरेको हो, जसअनुसार विमानस्थल कार्यालयले बुधबार साँझदेखि लागू हुने गरी उक्त सूचना जारी गरेको हो । नेपालमा बेलायत र दक्षिण अफ्रिकाबाट सिधा उडान छैन ।

 

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...