News Portal

क्यान्सर, सुगर र उच्च रक्तचाप जस्ता रोगको अचुक औषधी !

हिमालीसंचार संवाददाता
४०२ पटक

सदाबहार फूल (Catharanthus roseues) परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल स‌‌‍स्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अ‍ग्रेजीमा “Rose Periwinkle or Old maid” भनिन्छ ।

हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण हुन्छ ।  आज हामीले यसैका विषयमा चर्चा गरेका छौं ।

•सुगर – यो वनस्पतिको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ । जसको प्रयोगले मानव शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका खेल्दछ । यसमा भएका Alkaloid ले Pancreas को Beta Cell लाई शक्तिशालि बनाउने भएकाले Pancreas ले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित  गर्न मद्धत गर्दछ ।

यसकालागि बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ति सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला ।

•क्यान्सर – यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।

क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ । यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।

•उच्च रक्तचाप – यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचापका विरामीहरुले यसको जरा राम्ररी सफा गरेर बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...