News Portal

खोटाङमा कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप शुरु

हिमालीसंचार संवाददाता
३९६ पटक

खोटाङ – खोटाङमा कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । पहिलो चरण अन्तरगत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइएकामा दोश्रो चरणमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायतलाई खोप दिन सुरु गरिएको हो ।

जिल्ला अस्पताल दिक्तेलमा स्थापना गरिएको खोप केन्द्रबाट आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड विरुद्धको दोश्रो चरणको पहिलो खोप लगाएका छन् । यस्तै, पत्रकारमध्येबाट एभिन्यूज टिभीका पत्रकार राजन ठटालले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको उपस्थितिमा कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप अभियान सुरु गरिएको हो । जिल्लामा तीन केन्द्रमार्फत आगामी फागुन ९ गतेसम्म जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा संस्थानका कर्मचारी, जनपथ प्रहरी र शसस्त्र प्रहरीलाई कोभिड बिरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । जिल्ला अस्पतालबाट हप्ता दिनसम्म खोप दिने व्यवस्था मिलाइएको हो।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकाको खोटाङबजारस्थित स्वास्थ्यचौकीबाट माघ ३ गतेदेखि ९ गतेसम्म कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार खोप लगाइएका व्यक्ति कसैलाई पनि साइडईफेक्ट देखिएको छैन ।

यद्यपी, केहीलाई थकान हुने, ज्वरो आउने, टाउको र जिउ दुख्ने समस्या देखिएको छ । औषधिले २० प्रतिशतमा सामान्य असर देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । खोटाङमा गत माघ १४ गतेदेखि २४ गतेसम्मको अवधिमा संचालन गरिएको खोप अभियानकाक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैंदीबन्दी, सुरक्षाकर्मी लगायत गरी ६ सय ९१ जनालाई खोप लगाइएको थियो ।

स्वास्थ्यकर्मीका अनुसार कोभिडको संक्रमणबाट बच्नका लागि पहिलो खोप लगाएका व्यक्तीले पुःन २८ दिनपछि अर्को खोपको डोज लगाउनु पर्ने हुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले कोभिडबाट बच्न र बचाउनका लागि खोप लगाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...