News Portal

कोरोना भाइरस संक्रमणबाट हालसम्म काठमाडौंमा २५३ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३९४ पटक

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र ३० का १५/१५ जना छन् ।महानगरपालिकामा ३२ वटा वडा छन् । महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले ‘कोभिड–१९ संक्रमितको प्रारम्भिक विवरण’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

महानगरका ३४ हजार ६ सय ४३ जना संक्रमित भएका थिए । तीमध्ये ३४ हजार १ सय ७३ जना निको भएका छन् । कन्ट्याक्ट ट्ेरसिङमा ४३ हजार ३ सय ७ जना समेटिएका थिए ।

सरकारको प्राथमिकताअनुसार कोभिड भ्याक्सिन लगाउने काम जारी रहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘महानगरका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेवकलाई खोप दिने काम भइरहेको छ ।’

महानगरले ज्येष्ठ नागरिक, विपन्न, अशक्त, अपांगलाई नि:शुल्क स्वाब परीक्षण गराउँदै आएको छ । त्यसका निम्ति मोबाइल भ्यानसहित स्वास्थ्यकर्मी खटिने गरेका छन् । दैनिक २० देखि ५० जनासम्मको नि:शुल्क परीक्षण भइरहेको प्रवक्ता डंगोलले जनाए । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाबाट देशभर २ हजार ४५ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...