News Portal

कोरोना भाइरस संक्रमणबाट हालसम्म काठमाडौंमा २५३ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३५५ पटक

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र ३० का १५/१५ जना छन् ।महानगरपालिकामा ३२ वटा वडा छन् । महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले ‘कोभिड–१९ संक्रमितको प्रारम्भिक विवरण’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

महानगरका ३४ हजार ६ सय ४३ जना संक्रमित भएका थिए । तीमध्ये ३४ हजार १ सय ७३ जना निको भएका छन् । कन्ट्याक्ट ट्ेरसिङमा ४३ हजार ३ सय ७ जना समेटिएका थिए ।

सरकारको प्राथमिकताअनुसार कोभिड भ्याक्सिन लगाउने काम जारी रहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘महानगरका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेवकलाई खोप दिने काम भइरहेको छ ।’

महानगरले ज्येष्ठ नागरिक, विपन्न, अशक्त, अपांगलाई नि:शुल्क स्वाब परीक्षण गराउँदै आएको छ । त्यसका निम्ति मोबाइल भ्यानसहित स्वास्थ्यकर्मी खटिने गरेका छन् । दैनिक २० देखि ५० जनासम्मको नि:शुल्क परीक्षण भइरहेको प्रवक्ता डंगोलले जनाए । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाबाट देशभर २ हजार ४५ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...