News Portal

मधेसी दलले दोहोरो चरित्र देखाए : कांग्रेस उपसभापति निधि

हिमाली संचार संवाददाता
६२३ पटक

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस केन्दि्रत दलहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

‘संविधान अनुसार भएका सबै गतिविधिमा संलग्न हुने, अनि यो संविधान मान्य छैन् भनेर जनतामा भ्रम छर्न पाइन्छ ?’ बुधबार पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले भने, मधेसी जनताको भावना विपरित केही मधेस केन्दि्रत दलहरुले दोहोरो चरित्र देखाए ।’

‘यहि संविधान अनुसार चुनावमा भाग लिने । यहि संविधान अनुसार सबै लाभका पद लिने, संविधान अनुसार स्थानीय र प्रदेश सरकार बनाउने अनि कालो दिवस भन्ने ? यो आवश्यकता र औचित्यपूर्ण छैन ।’

उपसभापति निधिले संविधान दिवसका दिन बुधवार तराईबासीले कालो दिवस मनाए भन्नु गलत भएको दाबी गरे । ‘मधेसीले कालो दिवस मनाएका छैनन् । केही दलले मात्रै कालो दिवस भनेका हुन्’ निधि भन्छन्, ‘यसअघि कांग्रेसको नेतृत्वमा समेत संविधान दिवस मनाइएको थियो । हामीलाई थाहा छ, अहिले पनि मधेसी जनताले संविधानको विरोध गरेका छैनन् ।’

संविधानमा आवश्यक संशोधन गर भन्नुलाई विरोधका रुपमा लिएको भन्न नहुने उनको भनाइ छ ।

संशोधन प्रस्ताव ल्याए निःशर्त सर्मथन

उपसभापति विमलेन्द्र सरकारले संविधान संशोधन प्रस्ताव ल्याए आफ्नो पार्टीले निःशर्त समर्थन गर्ने बताए ।

तर, सरकारले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउला जस्तो भने आफुलाई नलागेको उनले बताए । ‘सत्तारुढ दलहरुले नै संविधान संशोधन गर्ने सहमति गरेर सरकार बनाएको तर्फ इकिंग गर्दै उपसभापति निधिले भने, ‘उहाँहरुले गर्छु भनेकै हो । गरे हामी स्विकार गर्छौ ।’

निधिले सरकारले शान्ति सुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाए । निर्मला पन्तको घटनामा निर्दोषलाई दोषी करार गर्न खोज्नु गलत भएको भन्दै उनले सरकारको आलोचना गरे ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...