News Portal

मधेसी दलले दोहोरो चरित्र देखाए : कांग्रेस उपसभापति निधि

हिमाली संचार संवाददाता
६७२ पटक

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस केन्दि्रत दलहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

‘संविधान अनुसार भएका सबै गतिविधिमा संलग्न हुने, अनि यो संविधान मान्य छैन् भनेर जनतामा भ्रम छर्न पाइन्छ ?’ बुधबार पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले भने, मधेसी जनताको भावना विपरित केही मधेस केन्दि्रत दलहरुले दोहोरो चरित्र देखाए ।’

‘यहि संविधान अनुसार चुनावमा भाग लिने । यहि संविधान अनुसार सबै लाभका पद लिने, संविधान अनुसार स्थानीय र प्रदेश सरकार बनाउने अनि कालो दिवस भन्ने ? यो आवश्यकता र औचित्यपूर्ण छैन ।’

उपसभापति निधिले संविधान दिवसका दिन बुधवार तराईबासीले कालो दिवस मनाए भन्नु गलत भएको दाबी गरे । ‘मधेसीले कालो दिवस मनाएका छैनन् । केही दलले मात्रै कालो दिवस भनेका हुन्’ निधि भन्छन्, ‘यसअघि कांग्रेसको नेतृत्वमा समेत संविधान दिवस मनाइएको थियो । हामीलाई थाहा छ, अहिले पनि मधेसी जनताले संविधानको विरोध गरेका छैनन् ।’

संविधानमा आवश्यक संशोधन गर भन्नुलाई विरोधका रुपमा लिएको भन्न नहुने उनको भनाइ छ ।

संशोधन प्रस्ताव ल्याए निःशर्त सर्मथन

उपसभापति विमलेन्द्र सरकारले संविधान संशोधन प्रस्ताव ल्याए आफ्नो पार्टीले निःशर्त समर्थन गर्ने बताए ।

तर, सरकारले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउला जस्तो भने आफुलाई नलागेको उनले बताए । ‘सत्तारुढ दलहरुले नै संविधान संशोधन गर्ने सहमति गरेर सरकार बनाएको तर्फ इकिंग गर्दै उपसभापति निधिले भने, ‘उहाँहरुले गर्छु भनेकै हो । गरे हामी स्विकार गर्छौ ।’

निधिले सरकारले शान्ति सुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाए । निर्मला पन्तको घटनामा निर्दोषलाई दोषी करार गर्न खोज्नु गलत भएको भन्दै उनले सरकारको आलोचना गरे ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...